Explore news and happenings at Bhaktapur

चैत १५ गतेबाट आँखाको शल्यक्रिया सुरु हुने

२०७५ फागुन २५ गते, शनिबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा चैत १५ गतेबाट आँखाको शल्यक्रिया सुरु हुने बताउनुभएको छ ।

भक्तपुर नगरपालिका ३ नं. वडा कार्यालयको आयोजना र तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित निःशुल्क आँखा शिविर उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले तिलगंगा आँखा अस्पतालमा उपलब्ध सबै सेवा–सुविधायुक्त आँखा अस्पताल निर्माणको तयारीमा रहेको जानकारी गराउनुुभयो ।

प्रमुख प्रजापतिले तिलगंगा आँखा केन्द्रमा भन्दा सस्तो र गुणस्तरीय आँखा जाँच र आँखाको शल्यक्रियाको सुविधा पनि हुने बताउनुभयो ।
सबै स्वास्थ्य सेवा भक्तपुरमै उपलब्ध गराउने हेतुले आँखा अस्पताल निर्माण गर्न लागेको जानकारी दिनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका सबै नागरिक स्वस्थ र शिक्षित बनाउन र नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।

भक्तपुरको इतिहास जोगाउन सम्पदा पुनःनिर्माणमा मौलिक शैलीलाई जोड दिइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले विदेशी सहयोगभन्दा पनि जनताको अपनत्व कायम हुने किसिमले कार्य गरिरहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले रोगको पहिचान समयमै भए उपचारमा मद्दत पुग्ने र नगरवासीहरुको हितमा स्वास्थ्यसम्बन्धी विभिन्न रोगको निःशुल्क शिविरहरु गर्दै आएको बताउनुभयो । उहाँले आँखा मानव शरीरको महŒवपूर्ण अंग भएको बताउनुहुँदै नियमित परीक्षण र स्वस्थ जीवनशैलीमा ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।

कार्यपालिका सदस्य सुनिता अवालले नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुरुप नगरपालिकाले शिक्षा, स्वास्थ्य, कला–संस्कृति संरक्षण, सरसफाईलगायतका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.