Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति धुकधुकी एफ.एम.मा अन्तरवार्ता दिनुहुँदै

लालबन्दी, १७ माघ २०७५, बिहीबार ।

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्यले देशमा समाजवादी बन्दोबस्त स्थापना गर्न नेमकिपाले निरन्तर संघर्ष गर्दै आएको र नेपाल मजदुर किसान पार्टी कम्युनिष्ट सिद्धान्तअनुसार चल्ने र देशघाती सन्धीविरुद्ध सशक्त आवाज उठाउने सच्चा कम्युनिष्ट पार्टी होे भन्नुभयो ।
बिहीबार लालबन्दी नगरपालिकाको धुकधुकी एफ.एम.का प्रस्तोता क्षितिज विश्वकर्मासँगको अन्तरवार्तामा बोल्नुहुँदै प्रमुख प्रजापतिले नेकपा सरकार नाममा कम्युनिष्ट तर व्यवहार पुँजीवादी चरित्रअनुरुप चलिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले नेमकिपाको उद्देश्य काम गरी खाने वर्गलाई शासन सत्तामा पु¥याउने रहेको र देशमा समाजवादी बन्दोबस्त स्थापनाको निम्ति अग्रसर भएर काम गरिरहेको बताउनुभयो ।
देशका ठूला भनिने पार्टीहरुले पैसा खर्च गरी चुनाव जितेको तर नेपाल मजदुर किसान पार्टीले जनताको विश्वासको मतले चुनाव जितेको स्पष्ट पार्नुभयो । उहाँले चुनावमा थोरै मत पाए पनि जनताको विश्वासको शक्तिशाली मत पाएको बताउनुभयो ।
उहाँले अहिले देशको राजनीति क्रमशः ठेक्केदार, अपराधी र गुण्डाको पकडमा गइरहेको बताउनुहुँदै राजनीतिक दबाबका कारण अपराधी र गुण्डाहरुलाई सपथ ग्रहण गराउनु निन्दनीय कुरा भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.