Explore news and happenings at Bhaktapur

टौमढी क्षेत्रमा आजदेखि चारपांग्रे सवारी प्रवेश निषेध

1

भक्तपुर, २०७५ माघ १ गते मंगलबार । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइअन्तर्गत माघ १ गते मंगलबार जनचेतना र्यालीको आयोजना गरी कार्यक्रम सम्पन्न गर्यो ।

जनचेतना ¥याली कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले विश्व सम्पदा क्षेत्रमा सूचिकृत टौमढी क्षेत्रमा माघ १ गतेदेखि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दैनिक चारपांग्रे सवारीसाधन प्रवेश निषेध गरिएको मुख्य कारण सावरीसाधनको आवतजावतले कम्पन सिर्जना हुने र यसले ऐतिहासिक र पुरातात्विक सम्पदाहरुमा सम्भावित क्षतिलाई कम गर्ने उद्देश्य रहेको बताउनुभयो ।

उहाँले सवारी निषेधले टौमढी क्षेत्र शान्त र सुरक्षित हुने र यसले आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सवारी प्रवेश निषेधको लागि गःहिटी क्षेत्रमा सिक्री व्यवस्था र साकोठामा सिक्रीमा ताला लगाई प्रमुख प्रजापतिले आरम्भ गर्नुभयो ।

सवारी प्रवेश निषेधबाट सर्वसाधारण जनतामा पर्न जाने असुविधाप्रति नगरपालिका सचेत रहेको बताउनुहुँदै उहाँले बिहान ७ बजे अगाडि र साँझ ७ बजे पछाडि सो क्षेत्रबाट अत्यावश्यक सेवा सुविधाको लागि सवारी आगमनको व्यवस्था गरेको बताउनुभयो । आकस्मिक सेवाहरु एम्बुलेन्स, दमकल भने खुल्ला रहने जानकारी दिनुभयो ।

कार्यक्रममा ५ नं. वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्य र ४ नं. वडाअध्यक्ष कुमार चवालले टौमढी क्षेत्रमा चारपांग्रे सवारी प्रवेश निषेधसम्बन्धी आ—आफ्ना विचारहरु राख्नुभएको थियो ।

खौमाबाट सुरु भएको जनचेतना ¥यालीको सुरुवाट गर्नुहुँदै भनपा वडा नं. ३ का वडाअध्यक्ष राजकृष्ण गोरा र वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले गर्दै आएका विभिन्न गतिविधिहरुमाथि प्रकाश पार्नुभयो । ¥याली खौमा, भार्वाचो, सिद्धपोखरी, वंशगोपाल, नासमना हुँदै टौमढीमा पुगी एकसभाको आयोजना गरी सम्पन्न भएको थियो ।

 

1 Comment
  1. sunil krishna karmacharya says

    due to no entry of vehicle at taumadhi square…local people of taumadhi will feel like nazar bandha at home……..it is also against of human rights……….muncipality show his power to local people……….municipality should give facility to local people of taumadhi area

Leave A Reply

Your email address will not be published.