Explore news and happenings at Bhaktapur

अँचा पोखरीको सत्तल पुनःनिर्माणको शिलान्यास

0

 

२०७५ पुस ३० गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ६ स्थित ऐतिहासिक अँचा पोखरीको सत्तल पुनःनिर्माणको शिलान्यास तथा शारीरिक व्यायामका साधनहरूको उद्घाटन गर्नुभयोे ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले समाज अगाडि बढाउन नगरवासीहरू स्वस्थ र शिक्षित हुनुपर्ने बताउनुभयो ।

सम्पदा क्षेत्र संवेदनशील क्षेत्र भएको हुँदा त्यसको संरक्षणको निम्ति माघ १ गतेदेखि टौमढी क्षेत्रमा चारपाङ्ग्रे सवारी प्रवेश निषेध गर्ने र दरबार क्षेत्रमा रात्रीकालीन बत्तीको व्यवस्था गर्न प्राविधिकहरूको समूहलाई जिम्मेवारी दिई कार्य अगाडि बढाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भक्तपुर नगरपालिकाले गरिरहेको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइलगायतका विषयमा अध्ययन गर्न विभिन्न महानगर, उपमहानगर र नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरूले भक्तपुरको भ्रमण गर्नुभयो ।’

भक्तपुर नपा युवा तथा खेलुकद समितिका संयोजक श्यामकृष्ण खत्रीले शारीरिक व्यायाम सही तरिकाबाट गर्नुपर्ने र भक्तपुर नपाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै फागुन ५–८ गते नगरव्यापी कराँते प्रतियोगिता आयोजना गर्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ६ का वडाअध्यक्ष हरिराम सुवालले उपभोक्ता समितिमार्फत् काम हुँदा कम लागत पर्ने र निर्माण पनि गुणस्तरीय हुने बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैया सुवाल, वडा सदस्य गोविन्द दुवाल, उपभोक्ता समितिका अध्यक्ष गणेशराम थुसाले पनि बोल्नुभएको थियो ।

यसैगरी भक्तपुर नपा वडा नं. ९ वाकुपति नारायण परिसरभित्रका द्यःपमि फल्चा जनप्रतिनिधिको उपस्थितिमा शिलान्यास भयो ।
यसैबीच चन्द्रविन्दु द्वीप नजिकैको मसान पाटी निर्माणको पनि सोमबार शिलान्यास सम्पन्न भयो ।

भनपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले भक्तपुर नपाले २०७२ सालको भूकम्पले क्षतिग्रस्त सम्पदाहरूको पुनःनिर्माण गरिरहेको चर्चा गर्दै हनुमानघाट सुधार कार्य पनि अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष रत्नलाल साँधले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.