Explore news and happenings at Bhaktapur

भक्तपुरको फोहर मैला व्यवस्थापनसम्बन्धी छलफल

२०७५ पुस १३ गते शुक्रबार ।

0

भक्तपुर नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी प्रभावकारी अवलम्बन गर्ने विषयमा नगरपालिकाको आयोजनामा शुक्रबार जनप्रतिनिधिहरू, नगरपालिकाका शाखा प्रमुखहरू एवम् कार्यदलका सदस्यहरूबीच छलफल कार्यक्रम भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर सानो नगर भएको हुँदा यहाँ सहज रुपमा सफा गर्न सकिने बताउनुहुँदै विशेषज्ञको ज्ञान, नगरपालिकाको लगानी र नगरवासीको सचेतनाले नगरलाई सफा र व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो ।

भक्तपुर नगरलाई दीर्घकालीन रुपमा सफा गर्ने नपाको उद्देश्य रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले ‘एक सम्पदा एक सरसफाइ’ अभियानमार्फत् भक्तपुरका विभिन्न संघ–संस्थालाई सरसफाइ अभियानमा क्रियाशिल र सक्रिय बनाइ परिचालन गरिरहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो – ‘पहिले पहिले घरभित्रै मल बनाउने परम्परागत प्रविधि हुन्थ्यो । तर बदलिंदो समयसँगै फोहर मैला व्यवस्थापनमा चुनौती थपिएको छ । फोहरलाई मलको रुपमा प्रयोग गर्ने कि पुनःप्रयोग गर्ने भन्ने विषयमा छलफल आवश्यक छ ।’

फोहरमैला व्यवस्थापनमा जनचेतना नै मुख्य भएको बताउनुहुँदै प्रमुख प्रजापतिले प्लास्टिकको प्रयोगमा सकेसम्म कमी ल्याउने र कपडाको झोला प्रयोग उपयुक्त हुने बताउनुभयो ।

 

कार्यक्रममा उपप्रमुख रजनी जोशीले अरु नगरपालिकामा प्रयोग हुने फोहर व्यवस्थापन प्रविधिबारे अध्ययन आवश्यक भएका बताउनुहुँदै कार्यक्रममा प्रस्तुत गरिएका प्रस्तुतीकरणहरू प्रभावकारी र उपयोगी भएका बताउनुभयो ।

 

कार्यक्रममा भनपा – ५ का वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्य, भनपा–२ का

वडाध्यक्ष हरिप्रसाद बासुकला, कार्यपालिका सदस्यद्वय रोशनमैया सुवाल र छोरी मैया सुजखु, स्यानिटेशन शाखा प्रमुख दिलिपकुमार सुवाल, वडा नं. ८ का वडाअध्यक्ष महेन्द्र खायमलीले वडा–वडाका फोहरलाई उचित रुपमा व्यवस्थापन गर्नुपर्न आवश्यकता औंल्याउनुहुँदै जनसमुदायलाई परिचालन गरी फोहर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

 

 

 

 

कार्यक्रममा पर्यटन तथा वातावरण समितिका संयोजक रविन्द्र ज्याख्व, फोहर मैला व्यवस्थापन कार्यदलका सदस्यहरू अमित रञ्जित, रोनिस शाक्य, पुन भैल, सुशिला ग्वाछा, मीरा प्रजापतिलगायतले आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको  थियो ।

Leave A Reply

Your email address will not be published.