Explore news and happenings at Bhaktapur

हाडजोर्नी तथा नशासम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर, २१ मङ्सिर ।

0
भक्तपुर नगरपालिका वडा नं ५ को आयोजना तथा ख्वप अस्पतालको सहयोगमा हाडजोर्नी तथा नशासम्बन्धी रोगको शिविर कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षा र स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणमा नगरपालिकाले दिइरहेको चर्चा गर्दै वडा वडामा स्वास्थ्य शिविरको सञ्चालन यसैकोे निरन्तरता हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो दैनिक जीवनमा आएको विभिन्न परिवर्तनको कारण सर्नेभन्दा नसर्ने रोग बढ्दै गएको छ । अहिले हाडजोर्नी र नशासम्बन्धी बढ्दै गइरहेकोले आजको शिविर राखिएको हो । रोगबाट मुक्त हुन औषधि उपचारमात्र पर्याप्त नहुने भएकोले हामीले हाम्रो जीवनशैली र खानपानलाई स्वस्थकर बनाउनु जरूरी छ ।”
स्थानीय गोपाल राजचलले भक्तपुर नगरपालिकाले विगतदेखि नै जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी लाय्कुको एउटा सानो कोठाबाट जनस्वास्थ्य क्लिनिक सञ्चालन गरी सेवा पु¥याउँदै आज १०० शय्याको ख्वप अस्पतालसम्म स्थापना गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले नेमकिपाको निर्देशनअनुसार जनप्रतिनिधिहरू जनताकै सेवामा लागिरहेको र भनपाले शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिई देशकै सेवा गरिरहेको छ भन्नुभयो ।
कार्यक्रममा हाड जोर्नी तथा नशा विशेषज्ञ मनिस प्रधानाङ्ग, महिला स्वास्थ्य स्वयम्सेवी राजमति ढुकुछु र सजना कवांले पनि बोल्नुभएको थियो ।
हाडजोर्नी तथा नशा विशेषज्ञ डा. प्रधानाङ्ग र डा. एलिना सुजखुले सेवा दिनुभएको शिविरमा जम्मा ११३ जना महिला तथा पुरूष वडावासीहरूले स्वास्थ्य जाँच गराउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.