भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितासम्बन्धी छलफल सम्पन्न
२०८२ कार्तिक २५ गते
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको उपस्थितिमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय विभिन्न खेलहरुको प्रतियोगितासम्बन्धी छलफल मंगलबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा हरेक वर्ष नियमित रुपमा भइरहेको खेलकुद प्रतियोगिता यस वर्ष यही मिति २०८२ मंसीर २५ गतेबाट शुरु हुनेछ । छलफल कार्यक्रममा भनपा वडा नं १ का वडाध्यक्ष एवं खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, खेलकुद समितिका पदाधिकारीहरु, विभिन्न खेल संघका प्रतिनिधिहरु, प्रशिक्षक र रेफ्रिहरुको उपस्थिति रहेको थियो ।
आगामी मंसीर २५ गते हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस, भलिबल, फुटबल, कब्बडी, खो-खो, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते,उसु, तेक्वाण्डो, पोर्टबल, कसिमला पाँय्, जिम्नास्टिक र बाघचाल गरी १५ वटा खेलहरु समावेश हुनेछन् ।
