Explore news and happenings at Bhaktapur

बुढानीलकण्ठ नगर अस्पतालको टोलीले ख्वप अस्पतालको अध्ययन अवलोकन

मिति २०८२ कार्तिक २५ गते मंगलबार ।

0
बुढानीलकण्ठ नगर अस्पतालकाका प्रमुख कार्यकारी अधिकृत गोपाल प्रसाद पोखरेल, वरिष्ठ लेखा अधिकृत मिनराज खड्का, प्रशासन प्रमुख मोहनप्रसाद भण्डारीसहितको टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको मंगलबार अध्ययनअवलोकन गरेको थियो ।
टोलीले ख्वप अस्पतालले अवलम्बन गरेका प्रविधि र अस्पतालका विभिन्न शाखा/इकाईहरुको कार्यसञ्चालन विधिबारे स्थलगत अध्ययन गरेको थियो । अवलोकनको क्रममा भक्तपुर नगरपालिका वडा नं‍‍ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ख्वप अस्पतालका निमित्त निर्देशक डा. मजेशप्रताप मल्ल, डा. अमर प्रजापति, अस्पताल व्यवस्थापक विश्वजीत प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.