Explore news and happenings at Bhaktapur

हेल्भेटासका प्रतिनिधिहरुद्वारा भक्तपुर नगरपालिका भ्रमण

२०८२ कार्तिक २५ गते मंगलबार ।

0
भक्तपुर नगरपालिकाका कार्यवाहक प्रमुख रजनी जोशीसँग हेल्भेटास संस्थाका प्रतिनिधिहरुले भनपा सभाकक्षमा भेट गर्नुभयो ।
भेटमा कार्यवाहक प्रमुख जोशीले भक्तपुर नगरपालिकाको असल अभ्यासहरुबारे जानकारी गराउनुहुँदै नपाले शिक्षा, स्वास्थ्य,सम्पदा संरक्षण र सरसफाइलगायतका विषयमा भइरहेको गतिविधिहरुबारे जानकारी गराउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले समाजवादी व्यवस्थाको विशेषता अनुसार जन्मदेखि मृत्युसम्मको जिम्मेवारी सरकारले लिने व्यवस्था अनुसार शिशु स्याहारदेखि कलेजसम्म संचालन, जनस्वास्थ्य केन्द्रदेखि ख्वप अस्पताल र घरदैलो नर्र्सिङ्गमार्फत स्वास्थ्य सेवा, सरसफाई, सीपमूलक तालिम, युवा उद्यमशील ऋण आदिको व्यवस्था गर्दै जनताको सेवा गर्दै आएको जानकारी दिनुभयो । साथै नगरपालिकाले भक्तपुरको साँस्कृतिक सम्पदा संरक्षण र दीगो विकासको लागि नयाँ पुस्तालाई स्थानीय पाठ्यक्रम मार्पmत स्थानीय कला, संस्कृति, सम्पदा सीप, खाद्यान्न, भाषा र संस्कारको जानकारी गराउँदै आएको र साँस्कृतिक समूहहरुलाई अभिप्रेरित गर्दै आर्थिक र भौतिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नगरभित्रका उपभोक्ता समितिका समूहहरुलाई परिचालन गरी नगरभित्रको मूर्त र अमूर्त सम्पदा संरक्षणको कार्य गरिरहेको बताउनुहुँदै उहाँले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु नगरपालिकाले आप्mनै स्रोत र साधन प्रयोग गरी संरक्षण गर्दै आएको जानकारी गराउनु भयो ।
भेटमा हेल्भेटास नेपालका बद्री मानन्धरले आजको यो अन्तरक्रिया कार्यक्रम अविष्मरणीय हुने विश्वास व्यक्त गर्दै भविष्यमा सेमत आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
हेल्भेटास बंगलादेशका मजरुल इश्लाम र शाहिन अफ्रन विपाशा, हेल्भेटास भुटानका लेकी वाङडी र छिरिङ्ग फुन्त्शो, हेल्भेटास लाओसका मोनी स्यासाभाठ र हेल्भेटास स्विजरल्याण्डका ख्याफान सोलिभो· तथा हेल्भेटास नेपालका बद्री मानन्धरको उपस्थिति रहेको उक्त भेटमा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा वडा नं. ५ का वडाध्यक्ष योेगेन्द्रमान विजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजू र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेकोे थियो ।

Leave A Reply

Your email address will not be published.