Explore news and happenings at Bhaktapur

भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला समुद्घाटन

२०८२ कार्तिक २४ गते

0
भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको समुद्घाटन सोमबार समारोहबीच सम्पन्न भयो । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको उक्त समारोहमा भक्तपुर क्यान्सर अस्पतालको स्मारिका पनि विमोचन गर्नुभयो । वि.सं. २०५१ सालमा जम्मा २ वटा शैय्याबाट शुरु भएको क्यान्सर केयर युनिट हाल १५० शैय्याको विशिष्टिकृत सेवा सहितको क्यान्सर अस्पतालको रुपमा विकास भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं मन्त्री गौतमले अस्पतालको प्रगतिको कामना व्यक्त गर्दै अस्पतालले क्रमशः विभिन्न सेवाहरु थप गर्दै क्यान्सर पीडितको उपचारका लागि कटिबद्ध भई लागिरहेको बताउनुभयो ।
उहाँले क्यान्सर अस्पतालले बीमामार्पmत प्रदान गर्ने औषधी गुणस्तरीय नभएको भन्ने भ्रम गलत भएको बताउँदै त्यस्तो भ्रमको पछि नलाग्न अनुरोध गर्नुभयो । अस्पतालले स्वास्थ्य बीमा लागू गरेवापत पाउनुपर्ने भुक्तानी समयमा नपाउँदा झेल्नुपरेको समस्यालाई सम्बोधन गर्दै बीमा कार्यक्रमलगायत स्वास्थ्य क्षेत्रमा भएका समस्याहरुलाई क्रमशः सुधार गर्दै लान आपूm लागिपरेको बताउनुभयो ।
नेपाल सरकारले संविधान प्रदत्त निःशुल्क स्वास्थ्य सेवाको अधिकार कानून बमोजिम पाउनुपर्ने हुँदा सरकारले आधारभूत स्वास्थ्य सेवा प्याकेज बनाएर प्राथमिक स्वास्थ्य केन्द्रमा लागू गरिरहेको बताउँदै त्यसको लागि सरकारले स्थानीय तहलाई सशर्त बजेटको व्यवस्था गरिएको प्रष्ट पार्नुभयो ।
धुम्रपान र मधपान क्यान्सको प्रमुख कारण भएको हुँदा यसलाई न्यूनीकरण गर्न सबैले आ–आप्mनो ठाउँबाट पहल गर्नुपर्ने मन्त्री गौतमले बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि भक्तपुर नगरपालिकाका कार्यवाहक प्रमुख रजनी जोशीले अग्रजहरुको संघर्ष र मिहेनतले आज अस्पताल देशकै अग्रणी संस्थाको रुपमा विकास भएकोमा गौरवान्वित भएको बताउनुभयो । उहाँले ३ दशक अगाडिको यात्रा सहज नरहेको उल्लेख गर्दै गैरसरकारी संस्थामार्पmत केही व्यक्तिहरुले भ्रष्टाचार र अनियमितता गरेको विरोधमा अस्पतालका कर्मचारीहरु, स्थानीय जनता र नगरपालिकाले निरन्तर पहल गरेपछि अस्पताल व्यक्तिको हातबाट सरकारको नियन्त्रणमा पुगेको प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालको विकासको लागि २०५८ सालमा ५ रोपनी ४ आना जग्गा उपलब्ध गराउनुका साथै भवन निर्माणमा सहयोग गरेको स्मरण गर्नुहुँदै अस्पतालले रोगको उपचारात्मक मान नभई रोगको अध्ययन अनुसन्धान र निवारणलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुु भयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले क्यान्सर जस्तो भयावह रोगको उपचार भक्तपुरमै विशिष्टकृत सेवासहित उपलब्ध हुँदा ७७ वटै जिल्लाका जनतालाई उपचारमा सहज भएको बताउनुभयो ।
कार्यक्रममा सूचना तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, अस्पतालका कार्यकारी निर्देशक उज्ज्वल चालिसेलगायतले बोल्नुभएको थियो ।
प्रमुख अतिथि गौतमले उक्त कार्यक्रममा अस्पतालमा लामो समय देखि अनवरत रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गर्नुका साथै अस्पताललाई आर्थिक रुपमा सहयोग गर्ने विभिन्न संस्थालाई कदरपत्र वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.