Explore news and happenings at Bhaktapur

परिमार्जित स्थानीय पा्यक्रम ‘ख्वपको पहिचान’ बारे शिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर । २०८२ कार्तिक १२

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विगतका वर्षहरुमा जस्तै परिमार्जित स्थानीय पाठ्यक्रमको पठनपाठनलाई विद्यालयहरुले अझ व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ बारे विषय कक्षा १, २ र ३ का शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले समय समयमा पाठ्यक्रमलाई परिमार्जन गर्नुपर्ने मान्यताअनुसार विभिन्न सरोकारवालाहरुबाट प्राप्त सुझाव र छलफलपश्चात भक्तपुर नगरपालिकाले कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ परिमार्जन गरेको बताउनुभयो ।
उहाँले विद्यार्थीलाई पढाई सँगसँगै संस्कार सिकाउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण भएको बताउँदै स्थानीय पाठ्यक्रम लागू भएसँगै विद्यार्थीहरुमा आफ्नो कला संस्कृति, सम्पदा र परम्पराबारे चासो बढेको बताउनुभयो ।
भक्तपुर नगरपालिका मौलिक संस्कृति, परमपरागत ज्ञान, सीप र सभ्यतामा अत्यन्त सम्पन्न नगर भएको उल्लेख गर्दै उहाँले सरकारले समय समयमा पाठ्यक्रम परिमार्जन गर्न नसक्दा नेपाली युवाहरुले विदेशमा सस्तो ज्यामीको रुपमा काम गर्न बाध्य बनिरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष एवम् स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले पाठ्यक्रम परिमार्जनमा सहयोग गर्नुहुने सबैमा धन्यवादज्ञापन गर्दै भक्तपुरको शिक्षालाई अझ उत्कृष्ट बनाउन यी र यस्ता गतिविधिको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
नगर शिक्षा शाखा प्रमुख साधुराम फुँयालले स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले समयसापेक्ष ढंगले पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीलाई थप नयाँ कुरा सिक्ने अवसर मिल्ने विश्वास गर्नुभयो ।

 

उक्त कार्यक्रममा कार्यदलका सदस्य रोशनराज तुईतुईले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्दै पाठ्यक्रम परिमार्जन ७ चरणमा सम्पन्न भएको जानकारी गराउनुभयो ।
   

Leave A Reply

Your email address will not be published.