भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाट सरुवा हुनुभएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलाई आज बिदाइ गर्नुभयो । बिदाइमा नगर प्रमुख प्रजापतिले प्रजिअ घिमिरेलाई पुष्पगुच्छा, मयुरको झ्याल र नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।प्रजिअ घिमिरेलाई बिदाइ गर्दै नगर प्रमुख प्रजापतिले देशभक्त कर्मचारीहरुले जस्तोसुकै परिस्थितिममा पनि देश र समाजप्रति इमानदार भएर काम गर्नुपर्ने बताउनुभयो ।
प्रजिअ घिमिरेले प्रजिअको जिम्मेवारी सम्हालेको एक साता नबित्दै नेपालमा भएको जनेजी प्रदर्शन भएको बताउँदै आन्दोलनका क्रममा भक्तपुरमा तुलनात्मक रुपमा कम मात्र क्षति भएको बताउनुभयो । उहाँले आन्दोलन, विपद् र चाडपर्वका कारण भक्तपुरमा निकै छोटो समयअवधि मात्र काम गर्न पाएको बताउनुभयो ।
गृहमन्त्रालयबाट प्रजिअ घिमिरे दुई महिना अघि मात्र भक्तपुरको प्रजिअमा सरुवा भएर आउनुभएको थियो । प्रजिअ घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा हुनुभएको छ ।

