Explore news and happenings at Bhaktapur

युरोपियन युनियनका राजदुत सहित युरोपका राजदुतहरुद्वारा भक्तपुर नगरको भ्रमण

६ जेठ २०८२

0
नेपालको लागि युरोपियन युनियनका राजदुत लगायत युरोपका अन्य देशका राजदुतहरुद्वारा भक्तपुर नगरको भ्रमण गरेका छन् ।
डेलिगेशन अफ द युरोपियन युनियन टु नेपालका एम्बेसेडर भेरोनिक लोरन्जो र डिपुटी हेड अफ डेलिगेशन, हेड अफ पोलिटिकल, प्रेस एण्ड इन्फर्मेशन सेक्सनका थोमस मिलारको नेतृत्वमा २२ जना राजदुतहरु र ३ जना दुताबासका कर्मचारीहरु सहित २५ जनाको भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय, तालाक्व र नगरका ऐतिहासिक क्षेत्रहरुको अवलोकन भ्रमण गरेका छन् ।
भ्रमण प्रतिनिधि मण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, आयरल्याण्ड, ग्रीस, स्पेन, इटाली, साइप्रस, लिथुआनिया, लक्जम्बर्ग, हंगेरी, माल्टा, पोल्याण्ड, पोर्चुगल, रोमानिया र स्वीडेनका राजदुतहरु सहित दुतावासका कुटनैतिक टोलीमा समावेश रहेका छन् ।
भ्रमण टोलीलाई भक्तपुर नगरपालिका पर्यटक सुचना तथा सेवा केन्द्रका प्रमुख एवं सहायक निर्देशक गौतम प्रसाद लासिवाले भक्तपुर दरबार क्षेत्रको खौमा ढोकामा स्वागत गर्नु भएको थियो ।
भक्तपुरको भादगाउँले कालो टोपी, थैली र भक्तपुर नगरपालिकाद्वारा प्रकाशित भक्तपुरको फोटो पुस्तिका लगायत अन्य प्रकाशनहरुको उपहार प्रदान गरेको स्वागत कार्यक्रममा पर्यटक सूचना तथा सेवा केन्द्रका अधिकृत शरद खत्री, मुरज दिदिया र स्थानीय पथ प्रदर्शकहरुले अवलोकन भ्रमणमा सहजीकरण गरेका थिए ।
भ्रमण टोलीका राजदुतहरु भक्तपुरको ऐतिहासिक तथा मौलिक कला संस्कृति र सम्पदाहरुको संरक्षण देखेर भक्तपुर नगरपालिकाको कला, संस्कृति र सम्पदा संरक्षणको प्रशंसा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.