Explore news and happenings at Bhaktapur

शिक्षकहरुलाई एकीकृत विद्यालय शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिम

२०७९ साउन १७ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा भएको नगरभित्रका सामुदायिक विद्यालयका प्रअ तथा शिक्षकहरुलाई एकीकृत विद्यालय शैक्षिक सूचना व्यवस्थापन प्रणाली ९क्ष्भ्ःक्ष्क्० सम्बन्धी दुई दिने तालिमको मंगलबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाले अध्ययन अनुसन्धानलाई जोड दिँदै आएको बताउनुहुँदै आफूले लिएको तालिमको सही सदुपयोग गर्नेतर्फ शिक्षकहरुको ध्यानाकृष्ट गर्नुभयो ।
शैक्षिक योग्यता हासिलसँगै शिक्षकहरुले आफूलाई समयअनुसार परिस्कृत बनाउन शिक्षण सीप र तालिमहरु लिनुपर्ने आवश्यकता औंल्याउनुहुँदै प्रमुख प्रजापतिले शिक्षकहरुले आफूलाई समयअनुसार तयार गर्न नसके आफ्नो कार्यक्षेत्रबाट बिस्थापित हुनुपर्ने अवस्था आउनसक्नेतर्फ सजग गराउनुभयो ।
उहाँले भक्तपुर शैक्षिक क्षेत्रमा अगाडि बढेको स्थानीय तह भएको हुँदा विद्यालयहरुले आफ्ना नियमित कार्य उत्कृष्ट ढंगले गर्नेतर्फ लाग्नुपर्ने बताउनुहुँदै शिक्षकहरुलाई योग्य बनाउने उद्देश्यले भक्तपुर नपाले समय समयमा तालिमहरुमा जोड दिँदै आएको बताउनुभयो ।
तालिमका प्रशिक्षक संवेदन कोइरालाले विद्यालयहरुले समयमा विवरण अद्यावधिक नगरिएका कारण प्राप्त हुने अनुदानबाट विद्यालय र सेवासुविधाबाट विद्यार्थी वञ्चित हुने अवस्था उत्पन्न भएको बताउनुहुँदै आईईएमआइएससम्बन्धी तालिमले विद्यालयहरुलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपा नगर शिक्षा समितिका कृष्णप्रसाद कर्माचार्यले तालिमको महत्व र उपयोगगिताबारे प्रष्ट पार्नुभयो भने कार्यक्रममा सभापति बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.