Explore news and happenings at Bhaktapur

प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई भक्तपुरमा स्वागत

२०८२ असार ११, बुधबार

0
भक्तपुर नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई स्वागत कार्यक्रम ग¥यो ।
नगर प्रमुख सुनिल प्रजापतिले प्रजिअ पाण्डेलाई पुष्पगुच्छा र खादाले सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुरको लागि अनुभवी प्रमुख जिल्ला अधिकारी पाएकोमा खुशी व्यक्त गर्दै भक्तपुर नपाले जिल्ला प्रशासन कार्यालयसँग सहकार्य र समन्वयमै नगरको विकासलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ९९ चोकको अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाउने उद्देश्यले कार्य गरिरहेको बताउँदै उहाँले सांस्कृतिक नगरको मौलिकता जगेर्ना गर्ने विषयमा नपाले सचेततापूर्वक काम गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणको क्षेत्रमा गरिरहेका गतिविधिबारे अवगत गराउँदै पर्यटन शुल्कबाट उठेको रकमलाई नगरको सन्तुलित विकास र नयाँ पुस्ताको सेवाको लागि खर्च गर्दै आएको बताउनुभयो ।
सोही अवसरमा प्रजिअ पाण्डेले भक्तपुर नपाले गरेको स्वागत र आतिथ्यको लागि धन्यवादज्ञापन गर्दै धेरै लामो समय स्थानीय तहमा बसी काम गरेको आफ्नो अनुभव सुनाउनुभयो ।
उहाँले स्थानीय सरकार र जिल्ला प्रशासनबीचको सहकार्यले सेवाग्राहीलाई सहज सेवा प्रवाहमा प्रदान गर्न सकिने बताउँदै जनप्रतिनिधिबीच समन्वय र सहकार्यमा काम कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले नागरिकता वितरणलाई अनलाइन प्रणालीबाट सुरु गरेको बताउँदै उहाँले जात्रा व्यवस्थापन, विपद् जोखिम न्युनीकरण, डेंगु रोकथाम तथा नियन्त्रण, बजार नियमन र व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण र मलको सहज आपूर्तिको लागि सहजीकरणको लागि आवश्यक पहल गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरको हरेक कार्यमा प्रशासनसँग सहकार्य र समन्वय गरी भक्तपुरलाई नमुना जिल्ला कायम गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
साथै भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो उक्त कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य, नपाका शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
प्रजिअ पाण्डे गृहमन्त्रालयबाट भक्तपुरमा सरुवा भई आउनुभएको हो ।

Leave A Reply

Your email address will not be published.