Explore news and happenings at Bhaktapur

भक्तपुर नपा प्रमुख प्रजापति र ललितपुर मनपा प्रमुख महर्जनबीच भेटघाट

भक्तपुर । २०७९ असार १५ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच बुधबार भक्तपुर नपाको सभाकक्षमा भेटवार्ता भएको छ ।
भेटमा नगर प्रमुख प्रजापतिले प्रमुख महर्जनलाई खादा र भादगाउँले टोपी लगाएर स्वागत गर्नुभएको थियो । भेटमा दुई प्रमुखबीच नगरपालिकाको नीति तथा कार्यक्रम र भावी योजना र विकासहरुबारे छलफल भएको थियो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाका वडाहरूले प्रत्येक एक वर्षमा करिब १० वटा सम्पदा पुनःनिर्माण गर्ने नीति ल्याएको बताउनुहुँदै नपाले रचनात्मक गतिविधिमा बढी जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले हनुमानघाटमा सुधारिएको शवदाह गृह निर्माण गरी सञ्चालनमा समेत ल्याइसकेको बताउनुहुँदै ख्वप टेलिभिजन सञ्चालन गर्न आवश्यक तयारीमा जुटेको बताउनुभयो ।
ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले सम्पदा पुनःनिर्माणमा भक्तपुर नपा अग्रस्थानमा रहेको उल्लेख गर्नुहुँदै सांस्कृतिक र पर्यटकीय नगरको संरक्षणमा ललितपुर महानपाले विशष कार्यक्रमहरुलाई अगाडि सार्दै आइरहेको बताउनुभयो ।
ललितपुर महानपाभित्र रहेका ऐलानी, पर्ती, सरकारी र सार्वजनिक जग्गाहरु कुनै पनि प्रयोजनको लागि प्रयोग गर्न नदिएको प्रष्ट पार्नुहुँदै ती जग्गाहरु खुल्ला रुपमै कायम गर्न महानपाले आवश्यक पहल गरिरहेको बताउनुभयो ।
भेटमा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामोदर सुवालको पनि उपस्थिति रहेको थियो ।
भेटपश्चात नगर प्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.