चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) र नेपालबीच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुको बैठक सम्पन्न
ल्हासा, तिब्बत, असार १० गते ।
नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगा“ठको अवसरमा चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) र नेपालबीच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुको बैठक असार १० (जुन २४, २०२५) गते तिब्बतको ल्हासा शहरमा सम्पन्न भयो । विदेशी शहरसंग भगिनी सम्बन्धका लागि सिचाङ जनमैत्री संघ र तिब्बतस्थित नेपाली महावाणिज्यदुतावासको संयुक्त आयोजनामा Share.Build.Create Together भन्ने मूल नारासहित उक्त बैठक भएको थियो ।
बैठकको औपचारिक समारोहमा बोल्नुहु“दै सिचाङ स्वशासित क्षेत्र जनसरकार उपाध्यक्ष झाओ फेङले परम्परादेखि चल्दै आएको दुई देशबीचको सरकारी र जनस्तरको सम्बन्ध दुवै देशले इमान्दारिपूर्वक निर्वाह गर्दै आएको चर्चा गर्नुभयो । उहा“ले तिब्बती भूमि चीनको अविभाज्य अंगको रुपमा रह“दै आएको तथ्यलाई नेपालले इतिहासदेखि नै स्विकार्दै आएको र एक चीन नीतिको दृढतापूर्वक सम्मान गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहा“ले भन्नुभयो, ‘नेपालसंग मैत्री सम्बन्ध स्थापित भएको चीनको पहिलो प्रान्त तिब्बत हो । आपसी भगिनी सम्बन्ध स्थापना भएका चीनका नगरपालिकहरुमध्ये तिब्बतका मात्र सात वटा नगरसंग नेपालका आठवटा विभिन्न नगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका छन् । दुई देशबीच सरकारी र जनस्तरमा नै आर्थिक, सा“स्कृतिकर व्यापारिक आदानप्रदान भइरहेको छ ।’
उपाध्यक्ष झाओ फेङले तिब्बतमा मानव सभ्यतालाई प्रकृतिसंग सामञ्जस्यता कायम गर्दै आधुनिक विकासको गतिलाई तिब्रता दिइएको उल्लेख गर्दै तिब्बतको कूल क्षेत्रफलको एक तिहाई प्राकृतिक संरक्षण क्षेत्र घोषणा गरिएको, जसमा ४७ वटा संरक्षण क्षेत्रहरु रहेको चर्चा गर्नुभयो । उहा“ले तिब्बतको आधुनिक विकासमा चिनिया विशेषतासहितको समाजवादमा राष्ट्रपति सि जिङफिङ विचारधाराको योगदान रहेको प्रष्ट पार्नुभयो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुवै देशको हिमाली सभ्यतालाई अगाडि बढाउन बैठक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै चीन सरकारले सन् २०१३ बाट शुरु गरेको विश्वव्यापी आर्थिक विकास तथा सहयोग कार्यक्रम अन्तर्गत एक मार्ग एक क्षेत्र अगुवाई-Belt and Road Initiative-BRI_ को नेपाल पनि अंग बन्न पाएकोेमा खुशी व्यक्त गर्नुभयो । उहा“ले नेपालको कानुनी व्यवस्था अनुसार सबै पालिकाहरु आ–आप्mनो बजेटसभामा व्यस्त भइरहेको समयमा पनि भगिनी नगरहरुबीचको बैठकलाई प्राथमिकता दिनुले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन सम्वेदनशील बनेको स्पष्ट भएको बताउनु भयो ।
वागमती प्रदेशका मुख्य सचिव भुपाल बरालले सिचाङ प्रान्तका नगरहरुबीच भगिनी सम्बन्ध कायम गरेका बागमती प्रदेशका ७ वटा पालिका र गण्डकी प्रदेशको १ वटा पालिका रहेको जानकारी दि“दै दुई देशका पालिकाहरुबीच सा“स्कृतिक आदानप्रदानले हाम्रो दृष्टिकोणलाई फराकिलो पार्ने विश्वास व्यक्त गर्नुभयो ।
ल्हासास्थित नेपाली महावाणिज्यदुत लक्ष्मी प्रसाद निरौलाले तिब्बती राजा स्रङचङ गम्पोसंग नेपाली चेली भृकुटीको विवाहसंगै नेपाली कलाकृति, संस्कृति र व्यापारिक सम्बन्ध तिब्बतमा वृद्धि भएको उल्लेख गर्दै तिब्बतको आधुनिक विकासले तिब्बतसंग सिमाना जोडिएका नेपालका जिल्लाहरुमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको तर्फबाट बैठकमा सहभागी भएका वडाध्यक्ष रविन्द्र ज्याख्वले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत पार्न चिनिया“ सरकारले नेपालमा विकासका पूर्वाधार निर्माणसंगै नेपाली विद्यार्थीहरुलाई चिनिया विश्वविद्यालयहरुमा अध्ययन गर्ने सुविधा प्रदान गरेकोमा नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहा“ले नेपालमा २०७२ सालको विनाशकारी भूकम्प र कोभिड महामारीको समयमा नेपाली जनतालाई चिनिया“ सरकारको तर्फबाट प्राप्त भौतिक तथा स्वास्थ्य सामग्री सहयोगप्रति कृतज्ञता जनाउनुभयो ।
भक्तपुर नगरपालिका र शान नान नगरपालिकाबीच सन् २०१६ अगस्ट १४ मा भगिनी सम्बन्ध स्थापित भएको उल्लेख गर्दै वडाध्यक्ष ज्याख्वले शान नान नगरका तत्कालीन उपप्रमुख मु योङवनको नेतृत्वमा आएको टोलीले सन् २०२४ जुलाई २२ देखि २५ सम्म भक्तपुरको भ्रमण गरी दुई पालिकाबीचको आत्मीय सम्बन्धलाई प्रगाढ बनाएको स्मरण गर्नुभयो ।
वडाध्यक्ष ज्याख्वले दुई देशका पालिकाहरुबीच आपसी सम्मान, विश्वास र सहकार्यका आधारमा सा“स्कृतिक, आर्थिक, शैक्षिक, पर्यटन लगायतका विषयमा सहयोग आदानप्रदान भइरहेको चर्चा गर्दै भन्नुभयो, ‘दुवै देशहरुमा भाषा शिक्षण, साहित्य अनुवाद र हाम्रा ऐतिहासिक सम्बन्ध तथा आदानप्रदानबारे प्राज्ञिक अनुसन्धान जस्ता पहलहरुले दुई देशका पालिका तथा जनताहरुबीचको समझदारीलाई अझ गहिरो बनाउने विश्वास छ ।’
शान नान नगरपालिकाका उप प्रमुख हान लियाङले स्रङचङ गम्पोको मूल निवास शान नानमा हुनु र नेपाली राजकुमारी भृकुटीलाई विवाह गरी शान नानमा उनकै लागि दरवार निर्माण गरिनु ऐतिहासिक उपलब्धी भएको चर्चा गर्दै भक्तपुर नगरपालिका र शान नान नगरपालिकाबीचको भगिनी सम्बन्धले गौरवानुभूति भएको बताउनुभयो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको तर्फबाट बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमारव्यान्जुश्रेष्ठ, जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, भरतपुर महानगरपालिकाका वडाध्यक्ष विकास थापा र काठमाण्डौ महानगरपालिकाका प्रतिनिधि नुरनिधि न्यौपानेले पनि बोल्नुभयो ।
त्यसैगरी सिचाङ स्वायत्त प्रदेशका तर्फबाट ल्हासाका उप प्रमुख पासाङ तुओजी, रिगात्जे नगरका प्रमुख वाङ फाङहोङ, लिन्झी नगरका उप प्रमुख लिउ चुङसियाङ, छङ्तु नगर पार्टी समितिका तेङ वेङछाङ, नाचु नगरका मेयर चाङ्सी तुओजी र आली प्रिफेक्चरका कमिसनर शि युहुइले दुई देशका पालिकाहरुबीचको भगिनी सम्बन्धका विभिन्न आयामहरुबारे जानकारी दिनुभयो ।
औपचारिक समारोहकै क्रममा नेपालको धुलिखेल नगरपालिका र सिचाङ स्वायत्त क्षेत्र अन्तर्गत आली प्रिफेक्चरका बीचमा भगिनी सम्बन्धको औपचारिक सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।
यसअघि बनेपा नगर र रिकात्जे नगरबीच सन् १९९९ अक्टोबर ६ मा, पोखरा महानगर र लिन्झी नगरबीच सन् २००८ अक्टोबर २१ मा, काठमाण्डौ महानगर र ल्हासाबीच सन् २०११ अगस्ट २७ मा तथा भक्तपुर नगर र शान नान नगरबीच सन् २०१६ अगस्ट १४ मा भगिनी सम्बन्ध स्थापित भएको थियो । त्यस्तै जिरी नगर र छङ्तु नगरबीच सन् २०२१ मार्च २२ मा, टोखा नगर र नाचु नगरबीच सन् २०२२ जुन १६ मा तथा भरतपुर महानगर र रिकात्जे नगरबीच सन् २०२३ नोभेम्बर ९ मा भगिनी सम्बन्ध स्थापित भएको थियो ।