Explore news and happenings at Bhaktapur

ब्यासीमा भक्तपुर काण्ड कालो दिनको विरुद्ध भर्त्सना कार्यक्रम

भक्तपुर, भदौ २७

0
भ.न.पा वडा नं. २ महिला तथा स्वास्थ्य समितिको आयोजनामा २०४४ साल भाद्र ९ गते पञ्चायती राज्यस्तरबाट रचिएको षडयन्त्र भक्तपुर काण्ड कालो दिनको विरोध तथा भत्सर्ना कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा साविक १५ न वडाका वडा अध्यक्ष रविन्द्र खर्बुजाले २०४५ को भक्तपुर काण्डको अनुभव बताउनुहुँदै नेमकिसंगठन‌ले देश र जनताको लागि गरेको संघर्षले तिरमिराएका पन्चहरुले ने म कि संगठनलाई समुल नष्ट गर्न रचिएको षड्‌यन्त्रमा पञ्चहरु अफै खतम भएको चर्चा गर्नु भयो ।
उहांले नेमकिपा इजरायल – प्यालेस्टाइन युद्ध, रूस(युकेन युद्ध, ःऋऋ लगायत अन्तरराष्ट्रिय मामिलामा नेपालका कुनै पनि शासक दलहरुले विरोध नगरेको चर्चा गर्दै आफ्नै सत्ता लिप्सामा झगडा गर्दै कसरी सासन सत्ता टिकाउने दाऊ पेचमा लागिरहेकोले जनताले दुःख पाइरहेको चर्चा गर्नुभयो ।
वडा अध्यक्ष हरी प्रसाद बासुकलाले नेपाल मजदुर किसान पार्टीबाट जितेका भनपाका जनप्रतिनिधिले निस्वार्थ रुपमा जनताको सेवा गरिरहेकोले अत्य राजनीतिक दललाई आँखाको कसिङगर भइरहेको चर्चा गर्नुहुँदै भोली कुनै पनि बेला यस्तो इतिहास फरक ढंगबाट दोहोरिन सक्ने सम्भावनालाई ध्यान दिदै सम्पूर्ण महिलाहरू पनि राजनीतिक रूपमा सचेत र संगठित हुनुपर्ने चर्चा गर्नु भयो।
समितिका संयोजक मन्जु लाखाको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा रत्नकाजी नायभारी, गणेश प्र।सुवाल, जगतेश्वरी खर्बुजा, भक्ति माया कोजु, पुर्ण कुमारी लघु, वर्षामैया कवा, सर्मिला मानन्धर लगायतले भक्तपुर काण्डबारे आ आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.