Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको १५ औं नगर सभामा उपप्रमुख रजनी जोशीद्वारा व्यक्त स्वागत मन्तव्य

0
स्थानीय सरकार संचालन ऐन २०७४ मा वर्षमा कम्तिमा दुई पटक नगर सभा बैठक बस्नु पर्ने प्रावधान अनुरुप आज हामी स्थानीय सरकारको दोश्रो पटकको चुनावपछिको तेश्रो अर्थात पन्ध्रौं नगर सभाको उद्घाटन कार्यक्रममा सरिक भएका छौं । यस उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधि सभा सांसद श्री प्रेम सुवालज्यू, अतिथिहरु बागमति प्रदेश सभा सांसदहरु श्री सुरेन्द्रराज गोसाईज्यू, श्री सृजना सैंजूज्यू, प्रमुख जिल्ला अधिकारी श्री रोशनी कुमारी श्रेष्ठज्यू, पूर्व जनप्रतिनिधिज्यूहरु, सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू, विभिन्न कलेजहरुबाट पाल्नु भएका कलेजका प्रँचार्यज्यूहरु, आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरु, कर्मचारी मित्रहरु, पत्रकार एवम् संचारकर्मी मित्रहरु, सम्पूर्णमा भक्तपुर भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक स्वागत एवम् अभिवादन व्यक्त गर्दछु ।
सर्वप्रथम देशको निम्ति आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु । साथै भक्तपुरका जनताको जीवन रुपान्तरणमा महत्वपूर्ण योगदान गर्नु हुने समाजका अग्रज व्यक्तित्वहरुमा सम्मान व्यक्त गर्न चाहन्छु, साथै भनपालाई एक उत्कृष्ट नमूना नगरको परिचय दिलाउन मार्ग निर्देशन गर्नु हुने नेपाल मजदुर किसान पार्टीका अध्यक्षज्यू लगायत सम्पूर्ण अग्रज कार्यकर्ता महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
भक्तपुर नगरपालिकाले नेपाल मजदुर किसान पार्टीको घोषणा पत्रलाई मार्ग दर्शनको रुपमा लिंदै सोही अनुरुप कामहरु गर्दै देश र जनताको सेवामा समर्पित भई अघि बढिरहेको यहांहरुमा विदितै छ । जनताका आधारभूत आवश्यकता परिपूर्तिबाट मात्र २१ औं शताब्दीको समाज अघि बढ्न सहज हुन्छ, त्यस्ता आवश्यकताहरु शिक्ष्ाँ, स्वास्थ्य, सरसफाई, सम्पदा संस्कृति संरक्षण गरी देश र भक्तपुर नगरको पहिचानलाई उच्च राख्ने काम हामी जनप्रतिनिधिहरुले जनताको सहभागितामा कर्मचारीको साथमा गर्दै आइरहेको स्मरण गराउन चाहन्छु । समाजको सन्तुलित विकासको लागि यसका सबै पक्षहरुलाई मूलधारमा ल्याई परिचालन गर्नुपर्ने आजको आवश्यकता हो । महिला, एकल महिला, अपांगता भएका व्यक्ति, दलित, सिमान्तकृत वर्ग, अति विपन्न जनसमुदाय आदिलाई सामाजिक र आर्थिक विकासको
मूल धारमा ल्याउन विशेष पहलको आवश्यकता महसुस गरेको छु । नगरपालिकाले यस्ता लक्षित र जोखिमपूर्ण समुदायको रुपमा रहेका वर्गलाई लक्षित गरी विभिन्न योजना तथा कार्यक्रम र गतिविधिहरु संचालन गर्दै आएको छ । यो स्थानीय सरकारको कर्तव्य हो भन्ने हाम्रो बुझाई छ । समाजमा लुकेर बसेका लागू पदार्थ दुव्र्यसनी, मानसिक रोगी, अति विपन्न परिवार आदिको समस्यालाई सम्बोधन गरेरै मात्र समाजको समग्र आर्थिक र सामाजिक विकास संभव छ भन्ने मान्यताका साथ यी र यस्ता वर्गहरुलाई समावेशीताको सिद्धान्त अनुसार स्थानीय सरकारको हैसियतले भक्तपुर नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रम संचालन गरी सम्बोधन गर्दै आएको यहांहरु सबैमा विदितै छ । यसरी समाज निर्माण कार्यमा भक्तपुर नगरपालिका निरन्तर समय सापेक्ष ढंगले अघि बढिरहने प्रतिवद्धता जाहेर गर्दछु ।
उपस्थित भद्र महिला तथा सज्जनवृन्द,
भक्तपुर नगरपालिकाले यहांका सम्पदा, संस्कृति र सभ्यतासंग जोडिएका मूल्य मान्यता धरोहरबारे विज्ञहरु मार्फत अनुसन्धान र अन्वेषण गराई नया“ पुस्तालाई सिकाउंदै जानुको साथसाथै ज्ञान विज्ञानको केन्द्र बनाउन आधारहरु तय गर्दै जाने दिशामा अग्रसर भइरहेको यहांहरु समक्ष राख्न चाहन्छु ।
त्यसैगरी भक्तपुर नगरपालिकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिहरुलाई पनि नजिकैबाट नियालेर जनतालाई सुसुचित गर्ने कामहरु गरिहेको छ यहा“हरुमा अवगत छ । उदाहरणको लागि यो वर्ष विश्वमा अनगन्ति घटना÷दुर्घटना हामीले पढेका छौं, सुनेका छौं । त्यस्ता घटनाहरुमध्ये मानव जीवनमाथिको निर्मम, नृसंशः हत्या मध्य पूर्वी एशियामा अवस्थित प्लालेष्टाइनी जनताले भोगिरहेका छन् । संयुक्त राज्य अमेरिकाको आडमा इजरायली सेनाले गाजापट्टीमा २२,००० भन्दा बढी प्यालिष्टाइनको ज्यान लिइसकेको छ । जसमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । यस्तो जातीय सफाया गर्ने हेतुले इजराइलले गरिरहेको प्लाष्टिनीहरुमाथिको अमानवीय÷क्रुर हत्याको विरोध गर्न सडकबाटै त्यस्ता नृसंशः हत्या÷युद्धको तत्काल रोक्नका लागि हामी जनप्रतिनिधि÷कर्मचारीहरुले नेपाल मजदुर किसान पार्टीद्वारा आयोजना गरेका विरोध एवम् भत्र्सना कार्यक्रमहरुमा सरिक हुंदै आइरहेका छौं । यसरी कसैलाई यस्तो क्रुर अवस्थाबाट जोगाउने मानवीय गतिविधि गर्न नयाँ पुस्तालाई समेत सरिक गराई आफ्नो देशलाई पनि यस्तो अवस्था आएमा ती देशहरुको साथ सहयोग पाउन सकिने नेपाल मजदुर किसान पार्टी एवम् भक्तपुर नगरपालिकाको विश्वास रहेको छ । यस प्रकारले भक्तपुर नगरपालिकाले आफ्नो देश समाजको साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका गतिविधिहरुबारे जनतालाई सूसुचित गर्दै समष्टिगत रुपमा सर्वाड्डीण विकासका लागि अग्रसर भई अघि बढ्दै गरेको स्मरण गराउंदै आगामी दिनहरुमा आजका प्रमुख अतिथि, विशेष अतिथिज्यूहरुबाट भक्तपुर नगरपालिकालाई मार्गनिर्देश, सल्लाह प्राप्त हुने विश्वासका साथ आजको यस पन्ध्रौं नगर सभामा पुनः आजका यस कार्यक्रमका प्रमुख अतिथि, अतिथिलगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै बिदा हुन्छु । धन्यवाद !

Leave A Reply

Your email address will not be published.