Explore news and happenings at Bhaktapur

भक्तपुरमा शनिवार सम्पदा पदयात्रा, हेर्नुहोस् सम्पदा पदयात्राको रुट

0
भक्तपुर नगरपालिकाले २०८० पुस १४ गते शनिबार सम्पदा पदयात्रा आयोजना गरेको छ । ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यले आयोजित सम्पदा पदयात्रा भनपा वडा नं। ५ टौमढीबाट सुरु भई भनपा ७ याता गोल्मढीमा पुगी सम्पन्न गरिनेछ । उक्त पदयात्रा बिहान १० बजेटबाट सुरु हुनेछ ।
योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रा २०८० भक्तपुरको टौमढीबाट सुरु भई अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौं), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो) र झौरबही (गोल्मढी) हुँदै भनपा वडा नं. ७ यातामा पुगी कार्यक्रमको समापन हुनेछ ।

Leave A Reply

Your email address will not be published.