Explore news and happenings at Bhaktapur

वडा–वडामा सामाजिक भत्ता वितरण चालु

भक्तपुर, २०७७ फागुन १९ गते बुधबार ।

0

आ.व. २०७७।७८ को सामाजिक सुरक्षा अन्तर्गत दोस्रो चौमासिक (मंसीर–फागुन) भत्ता तथा आर्थिक सहायता रकम सम्बन्धित वडा मार्फत मिति २०७७ फागुन १९ गतेदेखि वितरण भैरहेको छ । आज १९ गतेका दिन वडा नं. १ मा ३२ लाख ७ हजार दुई सय, वडा नं. २ मा २९ लाख ५६ हजार, वडा नं. ३ मा ३२ लाख ५० हजार, वडा नं. ४ मा ६४ लाख १२ हजार दुई सय, वडा नं. ५ मा ४० लाख, वडा नं. ६ मा ३७ लाख ३० हजार चार सय, वडा नंं ७ मा ४१ लाख ५० हजार, वडा नं. ८ बाट १९ लाख २५ हजार, वडा नं. ९ बाट ४८ लाख १९ हजार र वडा नं. १० बाट ३२ लाख ४४ हजार आठ सय रकम गरी कूल ३ करोड ७६ लाख ९४ हजार छ सय वितरण गरिएको छ । सामाजिक सुरक्षा तथा आर्थिक सहायता वितरण कार्य यही फागुन २१ गतेसम्म हुने नपा स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.