Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा कृषक भेला सम्पन्न

२०७७ पुस २१ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाद्वारा गठित कृषि समितिको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मंगलबार कृषकहरूको भला सम्पन्न भयो । भेलामा नगर प्रमुख प्रजापतिले नेपाल सरकारले शिक्षामा जस्तै नवउदारवादी नीति लिएजस्तै कृषिमा पनि विदेशी पूँजी भित्राउनको लागि नवउदारवादी नीति लिएको बताउनुभयो ।

नेपाल सरकारको मन्त्रिपरिषद्ले कृषिमा विदेशी पूँजी लगानी गर्न पाउने र यसरी लगानी गरी उत्पादन भएको सतरी प्रतिशत कृषि उत्पादन विदेशमा निर्यात गर्न पाउने र तीस प्रतिशत नेपालमा नै बिक्री गर्न पाउने प्रावधानले नेपाली किसानहरू धारासायी हुँुदै जाने बताउनुभयो । भक्तपुर नगरपालिकाले कृषकहरूको आर्थिक समृद्धिको लागि विभिन्न कृषिसँग सम्बन्धित तालिमहरु सञ्चालन गर्दै आएको बताउनुहुँदै उहाँले किसानहरु आत्मनिभएर ढंगले अगाडि बढेमा वास्तविक रुपमा किसानहरूले लाभ प्राप्त गर्ने र दिगो हुने बताउनुभयो ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले किसानहरू राजनैतिक रुपमा सचेत र संगठित भएमामात्र आर्थिक रुपमा पनि सबल हुने बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ३ का वडाध्यक्ष तथा कृषि समितिका संयोजक राजकृष्ण गोराले नेपाल सरकारबाट प्राप्त अनुदानलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

भनपा ६ नं. वडाध्यक्ष हरिराम सुवालले किसानहरूको आर्थिक अवस्था बढाउनको लागि भक्तपुर नगरपालिका लागिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, कृषि प्राविधिक सबिन ख्याजु, कृषकहरु श्री पूर्णभक्त सुवाल, राधेश्याम सुवाललगायतले पनि आ–आफ्नो भनाई राख्नुभएको थियो ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.