Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा विद्यालयहरुको निरीक्षण

२०७७ पुस २० गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको समता शिक्षा निकेतन, इष्ट प्वाइन्ट एकेडेमी, रोम्बस स्कूल र पारागण एकेडेमीको स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा उहाँले विद्यालयका प्रधानाध्यापकहरुसँग भेट्नु भई विद्यालयको शैक्षिक अवस्था, कक्षा सञ्चालनबारे जानकारी लिनुभयो ।

कोभिड महामारीका कारण बन्द रहेको भक्तपुर नगरपालिकाका विद्यालयहरु भौतिक रूपमै उपस्थित भई कक्षा सञ्चालन भइरहेका छन् । कोभिडको जोखिमलाई ध्यानमा राखी सबै विद्यार्थीलाई मास्क अनिवार्य गरेको र सामाजिक दुरी कायम गरी आलोपालोमा कक्षा सञ्चालन भइरहेको विद्यालयले बताएको छ ।

निरीक्षणमा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको पनि उपस्थिति थियो ।

समता शिक्षा निकेतन

इष्ट प्वाइन्ट एकेडेमी

रोम्बस स्कूल

पारागण एकेडेमी

 

 

Leave A Reply

Your email address will not be published.