Explore news and happenings at Bhaktapur

भक्तपुर काण्डको भत्सर्ना कार्यक्रम Zoom मार्फत

भक्तपुर, २०७७ भाद्र १३ गते शनिबार ।

0

 नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ साल भदौ ९ गते राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको भत्सर्ना कार्यक्रम नगरपालिकाका जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीबीच जुम मार्फत शनिबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि सुवालले पञ्चायती राज्य स्तरबाट रचिएको भक्तपुर काण्डको स्मरण गर्नुहुँदै निरंकुश पञ्चायती शासनको अन्त्य हुनुमा भक्तपुर काण्ड एक कारक रहेको उल्लेख गर्नुभयो । उहाँले‍ भक्तपुर काण्ड वर्गीय दमन भएको बताउनु हुँदै भक्तपुर काण्डमा शोकलाई शक्तिमा परिणत गर्न विशेषगरी महिला दिदीबहिनीहरुको उत्प्रेरणा उल्लेखनीय रहेको उहाँले स्मरण गर्नुभयो ।

जस्तो सुकै संकटलाई सामना गर्न भक्तपुर काण्डले सिकाएको उल्लेख गर्नुहुँदै सांसद सुवालले शत्रुको अगाडि नझुकी अन्तिम दमसम्म लड्नुपर्ने बताउनुभयो । पञ्चायती शासनमा खानेपानीमा बेइमानी गरेको स्मरण गर्नुहुँदै आगामी दिनमा प्रतिक्रियावादीहरुको षड्यन्त्रमा समेत देश र जनताको सेवा लाग्नेहरु विचलित हुन नहुने र संकटमा साथ दिने सच्चा मित्र हुने उहाँले बताउनुभयो ।

उहाँले पञ्चायत शासन र अहिलेको पूँजीवादी शासनमा फरक नरहेको जिकिर गर्नुहुँदै नयाँ पुस्तालाई भक्तपुर काण्डको शिक्षाबारे बताउनुपर्ने र समाज निर्माणको निम्ति नयाँ पुस्ताहरु राजनैतिक रुपमा सचेत बनाउनु आवश्यक छ भन्नुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टीलाई पराष्ट गर्न प्रतिक्रियावादीहरुले ठूलो षड्यन्त्र रचेको दिनको स्मरण गर्नुहुँदैे सत्यको पक्षमा उभिने ज्ञान भक्तपुर काण्डले सिकाएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर काण्डले भक्तपुरको मुहार फेर्नको लागि अवसरको रुपमा लिई अहिलेको अवस्थामा शिक्षा, संस्कृति र सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान गर्न नेमकिपा सफल रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर काण्डको समयमा भक्तपुर नपाका कर्मचारीहरुमाथि ज्यादती भएको स्मरण गर्नुहुँदै भक्तपुर काण्डपश्चात देशैभरिका नेमकिपाका कार्यकर्तालाई बिगार्ने र लोभमा फसाउने कार्य स्मरण गर्नुभयो ।

कार्यक्रममा भक्तपुर काण्डको बेलामा आफ्नो भोगाईका बारेमा भनपा–९ का वडाध्क्ष रबिन्द्र ज्याख्व, भनपाका कार्यपालिका सदस्य रोशनमैंया सुवाल, वडा नं. ५ का वडा सदस्य गोविन्द दुवाल, वडा नं. ८ का वा सदस्य पञ्चमाया दुवाल लगायतले अनुभव सुनाउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.