Explore news and happenings at Bhaktapur

Bhaktapur Khabar Bhaktapur Khabar -

Bhaktapur Cultural Heritage
  • गृहपृष्ठ
  • समाचार
  • कला/संस्कृति
  • विचार
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • नेपाल भाषा
  • फोटो फिचर
  • अन्तर्वार्ता
  • सम्पादकीय
Bhaktapur Khabar
  • गृहपृष्ठ
  • Breaking News
  • “क्यान्सर अस्पतालमा उपचारको अभाव भए पुरानो व्यवस्थापन समिति जिम्मेवार”
Breaking Newsसमाचार

“क्यान्सर अस्पतालमा उपचारको अभाव भए पुरानो व्यवस्थापन समिति जिम्मेवार”

सुनिल प्रजापति २४ असार २०७७, बुधबार १२:०६

By Bhaktapur Khabar On २०७७ असार २८, आईतवार १०:५९
0
Share
यर

(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर क्यान्सर अस्पताल सञ्चालन र अस्पतालको पछिल्लो अवस्थाबारे ‘मजदुर’ दैनिकले गरेको कुराकानी प्रस्तुत छ ।)

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूमा कोभिड – १९ सङ्क्रमण देखिएको छ । यसमा अस्पतालको प्रबन्धमा कमजोरी भएको मान्न सकिँदैन र ?
अस्पतालका चिकित्सक, नर्स र कर्मचारीहरूलाई तलब खुवाउन समस्या छ । लकडाउनको कारण आम्दानी कम भएपछि बिरामीहरूको सेवा गर्ने उद्देश्यले केही बढी बिरामीहरू जाँच्न थालियो । सायद त्यसैले सङ्क्रमण भएर २०७७ असार २२ गते त्यहाँ कार्यरत ४ जना कर्मचारीहरूमा कोरोना पोजिटिभ देखिएको छ । ती कर्मचारीहरूलाई क्वारेन्टिनमा राखिएको छ । तर, अस्पतालको समस्या समाधान भएन ।
अस्पताल राम्रोसँग सञ्चालन गरी समाजको सेवा गर्ने उद्देश्यले नगरपालिकाले व्यवस्थापन समिति गठन गरेको हो । सर्वाेच्च अदालतका न्यायाधीशहरूले अस्पतालको अवस्था नबुझी आदेश जारी गर्दा आज बिरामीहरूले दुःख पाइरहेका छन् ।
क्यान्सर अस्पतालमा उपचारको अभावमा कसैको ज्यान गएमा वा कुनै घटना घटेमा पुरानो व्यवस्थापन समितिका पदाधिकारीहरूले जिम्मेवारी लिनुपर्छ । नगरपालिकाको जग्गा र पैसा खर्च गरी बनाइएको अस्पताल कुनै व्यक्ति वा संस्थाको एकलौटी बनाउनु गलत हो । क्यान्सर अस्पताल सारा जनताको साझा सम्पत्ति हो, साझा बनाउन निरन्तर नगरपालिकाले पहल गरिरहेको छ ।

अस्पतालका बारेमा भक्तपुर नगरपालिकाको ध्यान त गएको छ तर सङ्घ सरकारले ध्यान दिएजस्तो लाग्दैन । किन होला ?
क्यान्सर अस्पतालमा भइरहेको आर्थिक अनियमितताबारे सङ्घीय संसद्मा समेत पटक – पटक कुरा उठिसकेको छ । स्वास्थ्यमन्त्रीलाई पनि यसबारे यथार्थ जानकारी गराइसकिएको छ । त्यसको निकास दिन ढिलाइ गर्नुहुँदैन । सङ्घ सरकारले तत्काल समस्या समाधानमा पहल गर्नुपर्छ ।

अस्पताल सुचारूरूपमा सञ्चालन गर्न भक्तपुर नगरपालिकाले के के कोसिस ग¥यो ?
क्यान्सर अस्पतालमा भइरहेका करोडौँको भ्रष्टाचारका समाचारहरू पत्रपत्रिकामा आएपछि नगरपालिकाको तर्फबाट सो सम्बन्धमा सत्यतथ्य बुझ्न तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरूसँग सम्पर्क गर्ने कोसिस भयो । तर, कुनै पनि पदाधिकारी नगरपालिकाको सम्पर्कमा आउन चाहेनन् ।
अस्पतालभित्र भ्रष्टाचारी पदाधिकारीविरुद्ध आक्रोश बढ्न थालिसकेको थियो । तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरूलाई अस्पताल हाताभित्रै छिर्न नदिने नीति कर्मचारीहरूले लिएका थिए । अस्पतालमा कार्यरत डाक्टर, नर्स र कर्मचारीहरूले नगरपालिकाले नै अस्पताल व्यवस्थापनको जिम्मा लिन लिखित आग्रह र स्थानीय जनताले क्यान्सर अस्पताल व्यवस्थापनमा नगरपालिकाले ध्यान दिन आग्रह गरेपश्चात् २०७६ साउन ३० गते नगर प्रमुखको संयोजकत्वमा क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरी कार्य सञ्चालन गरियो ।

क्यान्सर अस्पतालको व्यवस्थापनमा भनपाको अड्चन छ भन्ने प्रचारबाजीमा यहाँ के भन्नुहुन्छ ?
भदौ २ गते नयाँ व्यवस्थापन समितिले क्यान्सर अस्पतालमा भइरहेको भ्रष्टाचारबारे छानबिन गर्न समिति गठन ग¥यो र तत्कालीन व्यवस्थापन समितिले गरेका सबै निर्णयहरू अध्ययन गरी कारबाहीको  प्रक्रिया अगाडि बढायो । ती पदाधिकारीहरू आत्तिए । तिनीहरूले नगरपालिकाको कामलाई रोक्न विभिन्न शक्तिकेन्द्रहरूमा दौडधूप गरे ।

सँगै भदौ ४ गते सर्वाेच्च अदालतमा नगरपालिकाले गठन गरेको अस्पताल व्यवस्थापन समितिविरुद्ध रिट दायर गरे । सर्वाेच्च अदालतले दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेश जारी गर्न आवश्यक भए नभएको ठहर गर्नुपर्नेमा भदौ १० गते नगरपालिकाद्वारा गठित व्यवस्थापन समितिलाई कुनै पनि काम नगर्न आदेश दियो । त्यसपछि नगरपालिकालाई काम गर्न अवरोध भयो ।

0
Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Bhaktapur Khabar

Prev Post

वाकुपति नारायण मन्दिर परिसरभित्रका पाटी र ढुंगेधाराको उद्घाटन सम्पन्न

Next Post

प्रमुख सुनिल प्रजापतिद्वारा ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको शिलान्यास

You might also like More from author
Breaking News

भक्तपुर नपा सञ्चालन गरिरहेको हेयर कटिङ तालिम निरीक्षण

Breaking News

भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता

Breaking News

भनपा-४ को आयोजनामा महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

Breaking News

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवसको अवसरमा तीन जना स्वास्थ्य स्वयम्सेविकाहरू…

Prev Next

Leave A Reply
Cancel Reply

Your email address will not be published.

प्रितिबाट नेपाली युनिकोड
आगामी कार्यक्रम
  • No events
सूचना पाटी
चारपांग्रे सवारीसाधन एकतर्फी सञ्चालन हुनेसम्बन्धी सूचना ।
भक्तपुर नगरपालिकाको आयोजनामा अपाङ्गता दिवस मनाउनेसम्बन्धी सूचना !
ख्वप स: रेडियो कार्यक्रम
नगरपालिकाका गतिविधि
हाम्रो बारेमा

यो भक्तपुर खबर को वेब पेज हो।

सम्पर्क

प्रकाशन :- भक्तपुर मासिक
फोन :- ०१-६६१३०४३
इमेल  – info@bhaktapurkhabar.com

© 2026 - Bhaktapur Khabar. All Rights Reserved.
Website Developed By: Mantra Ideas Pvt. Ltd.
Sign in
  • गृहपृष्ठ
  • समाचार
  • कला/संस्कृति
  • विचार
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • नेपाल भाषा
  • फोटो फिचर
  • अन्तर्वार्ता
  • सम्पादकीय

Welcome, Login to your account.

Forget password?
Sign in

Recover your password.

A password will be e-mailed to you.