Explore news and happenings at Bhaktapur

पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा

भक्तपुर । २०७७ असार २५ गते, बिहीबार

0

नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता एवं भक्तपुर नगरपालिका साविक वडा नं. १२ का पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा विहिबार सम्पन्न भयो ।

नेपाल मजदुर किसान पार्टी ४ नं. वडा समन्वय समितिको आयोजनामा भएको सभामा प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्व. प्रजापति पार्टीिभित्र बसेर सहयोग गर्ने असल कार्यकर्ता भएको बताउनुभयो ।

उहाँले पार्टीमा खुल्ला गतिविधिमा लाग्ने र सहयोग गर्ने फरक फरक कार्यकर्ता हुने बताउनुहुँदै भित्र बसेर सहयोग गर्नेमा उहाँ पनि एक हुनुहुन्थ्यो भन्नुभयो ।

“पार्टी भूमिगत भएको बेला प्रतिकृयावादी संघसंस्था भित्र गएर जनताको सेवा गर्नु चुनौतीपूर्ण थिएन । उहाँ पार्र्टीको निर्देशनमा निर्वाचन लडेर पंचायतकालमा नेमकिपाबाट पटक पटक वडाध्यक्ष पदमा विजयी हुनुभयो । पार्टीको तर्पmबाट उहाँ २०५६ सालमा सिराहा जिल्लाबाट सांसदको उम्मेदवार बन्नुभयो । २०४५ सालमा घटेको भक्तपुर काण्डमा पार्टी प्रतिको अटल विश्वास प्रकट गर्नु भयो र पार्टीलाई निरन्तर सहयोग गर्नु भयो । संकटको वेला पार्टी कार्यकर्ताको परीक्षण हुन्छ ।” उहाँले भन्नुभयो ।

व्यक्तिगत फाइदाको निम्ति कहिल्यै कुरा नगर्ने स्वभावको स्व. प्रजापति निःस्वार्थी भावनाले देश र जनताको इमान्दारीपूर्वक सेवा गर्ने एक योद्धा भएको बताउनुभयो ।

नेमकिपा भक्तपुर नगरसमितिको अध्यक्ष नारायण बहादुर दुवालले मृत्युपछि कसैको गुणगान गर्नु भन्दा निधन भएका व्यक्तिले गरेका असल कुराहरुको अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

“उहाँ धनी कुलमा जन्मेर पनि शोषित पीडित जनताको पक्षमा काम गर्ने पार्टीक एक सच्चा कार्यकर्ता हुनुहुन्थ्यो ।” उहाँले भन्नुभयो ।

नेमकिपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल, स्थानीय न्हुछेराम भेले र राजाराम चवालले पनि स्व. प्रजापतिले गर्नुभएका समाज सेवाका कार्यहरुबारे चर्चा गर्नुभयो ।

नेमकिपा वडा नं. ४ समन्वय समितिका कृष्ण गोविन्द दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुले स्व. प्रजापतिको तस्विरमा माल्यार्पण गर्नुका साथै १ मिनेट मौन धारण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.