Explore news and happenings at Bhaktapur

भनपाबाट भक्तपुर अस्पताललाई सुरक्षा सामग्री प्रदान

२०७७ बैशाख २६ गते शुक्रबार ।

0

हाल संसारभरी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोगको रोकथाम, नियन्त्रण र उपचारको लागि खटिरहेका भक्तपुर अस्पतालका स्वास्थ्यकर्मीहरुको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीहरु भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको पहिलो घेरामा बसी कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको प्रत्याभूती दिंदै मनोबल उच्च पार्न स्थानीय तहले यथासक्य सहयोग गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिका क्षेत्रमा कोरोना रोकथाम र नियन्त्रणको लागि विशेष सरसफाइ, चेतनामूलक माइकिड्ड, जात्रा पर्व संस्कृति व्यवस्थापन, खाद्य र तरकारी बजार व्यवस्थापन लगायतका कार्यहरु स्थानीय स्वयमसेवकहरु परिचालन गरी गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. सुमित्रा गौतमले अस्पतालले सक्दो सेवा गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर अस्पताललाई पि.पि.ई. – ४० सेट, N95 मास्क – ४० वटा, Face Shield – १० वटा, Eye-Goggles –१० वटा, हस्तान्तरण गर्नुभयो ।

एन.पि.एल. समाज कल्याण संस्था, ललितपुरले भक्तपुर नगरपालिकालाई उक्त सामानहरु आजै हस्तान्तरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.