Explore news and happenings at Bhaktapur

भक्तपुरमा तार भूमिगत गर्ने विषयमा छलफल

भक्तपुर, मिति २०७६ चैत्र ४ गते मंगलबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नेपाल विद्युत प्राधीकरणको भक्तपुर–ललितपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भक्तपुरमा तार भूमिगत गर्ने विषयमा मंगलबार छलफल भयो ।

भक्तपुरको मुख्य सडकमा अव्यवस्थित रहेका तारहरुको भूमिगत गर्ने रुटहरुबारे सरोकारवाला पक्षहरुबीच छलफल भयो । सो आयोजना एसियाली विकास बैंक र नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको सहयोगमा हुनेछ र मेसिनबाट खाल्डो खन्ने आधुनिक प्रविधि उपयोग गरी तार भूमिगत गरिने जानकारी छलफलमा दिइयो ।

छलफलमा भक्तपुर नपाका प्रप्रअ इन्द्रप्रसाद रिजाल, वडाध्यक्षहरु रबिन्द्र ज्याख्य, उकेश कवां, हरिप्रसाद बासुकला, आयोजनाका उप–कार्यकारी निर्देशक मनोज सिलवाल, प्रबन्धक जुजुरत्न शाक्य, उपप्रबन्धक वीरेन्द्र कुमार झालगायतको उपस्थिति रहेको थियो ।
तार भूमिगत गर्ने सम्बन्धमा जनप्रतिनिधिहरु र ख्वप इन्जिनियरिङ कलेजका प्राविधिकहरुले अध्ययन गरी प्रस्ताविक योजनामा सुधार गर्ने सहमति भएको छ ।

 

Leave A Reply

Your email address will not be published.