नगरभित्रका अस्पताल प्रमुखहरुकाे बैठक सम्पन्न
भक्तपुर, मिति २०७६ चैत्र ४ गते मंगलबार । २०७६ चैत्र ४ गते मंगलबार
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरभित्रका अस्पताल प्रमुखहरुको मासिक समीक्षा बैठक बुधबार सम्पन्न भयो ।
प्रमुख प्रजापतिले नगरभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुसँग कोभिड–१९ (कोरोना भाइरस रोग) को रोकथामको लागि गरिरहेको तयारी सम्बन्धमा जानकारी लिनुभयो ।
विश्वभर पैmलिरहेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको जोखिम बढिरहेको अवस्थामा परीक्षा सञ्चालन हुने केन्द्रहरुमा आवश्यक सतर्कता अपनाउन २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा सञ्चालन हुने नगरभित्रका ११ वटा परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापनाको आवश्यकताबारे ध्यानाकर्षण भयो ।
मिति २०७६ साल चैत ५ गते एसईई सञ्चालन हुने सबै परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्न सबै अस्पतालहरुलाई नगरपालिकाले पत्राचार गरेको छ ।