Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको स्थलगत निरीक्षणमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थीहरू

भक्तपुर २०७६ चैत्र ५ गते, बुधबार ।

0

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ‘प्रोफेसनल कोर्स अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट’ विषयक सेवाकालीन प्रशिक्षण कार्यक्रमका प्रशिक्षक, अनुसन्धान अधिकृत र ३० जना अधिकृत स्तरका प्रशिक्षार्थीहरूद्वारा बुधबार भक्तपुर नगरपालिकाको स्थलगत निरीक्षण ग¥यो ।

नेपालको सार्वजनिक सेवा प्रवाहसम्बन्धी ज्ञान हासिल गर्न गरिएको स्थलगत अध्ययन कार्यक्रमअन्तर्गत सो टोलीले नगर प्रमुख सुनिल प्रजापतिस“ग अन्तरक्रियात्मक कार्यक्रम र विभिन्न शाखा–उपशाखाहरूको अवलोकन, निरीक्षण पनि ग¥यो ।

प्रशिक्षार्थी टोलीलाई भक्तपुर नगरपालिकामा स्वागत गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरलाई सांस्कृतिक राजधानीको रुपमा विकास गर्न प्रयासरत रहेको बताउनुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा नगरका सबै वडाहरुमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुले विजय हासिल गरेको स्मरण गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाका जनप्रतिनिधिहरू निर्वाचनमा जारी गरेको पार्टीको घोषणापत्र कार्यान्वयनमा क्रियाशील रहेको बताउनुभयो ।

उपभोक्ता समिति र ठेकेदारबीचको भिन्नताबारे प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले नेपालको सांस्कृतिक र पुरातात्विक सम्पदा पुनःनिर्माणमा विदेशी सहयोग लिनु नहुने विचार व्यक्त गर्नु हुादै भक्तपुरको सम्पदा पुनःनिर्माण सम्बन्धमा जर्मनी सरकारसँग भएको सम्झौतामा उल्लेख बुँदाहरू देशको सार्वभौमिकतामा आँच पु¥याउने खालको भएको हुँदा नगरपालिकाले अस्वीकार गरेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले यहाँका कृषकहरूलाई लक्षित गर्र्दै कृषि प्राविधिक तालिम सञ्चालन, कौसी खेती तालिम, मौसमअनुसारको उन्नत जातको धान, गहुँ र आलुको बीऊलगायत वितरण पनि गरिरहेको उहाँले बताउनुभयो ।

प्रशिक्षार्थीहरूको जिज्ञासाबारे प्रमुख प्रजापतिले भक्तपुर नपाले आवश्यक कानुन र कार्यविधिहरू राजपत्र प्रकाशित गरी कार्यान्वयन गरिरहेको बताउनुहुँदै भक्तपुर नपाले स्थानीय जनतालाई सक्षम बनाई स्वायत्तताको अभ्यास गरिरहेको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले सानो क्षेत्रफल भएको भक्तपुर नगरपालिकाले अरु स्थानीयमा नभएका असल अभ्यासहरू सञ्चालन गरिरहेको अवगत गराउनुहुँदै भक्तपुर नपाले पुर्खाको सीप र सभ्यतालाई जोगाएर यहाँको सम्पदा पुनःनिर्माण र जीर्णोद्धार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो ।

भक्तपुर नपाले प्रदान गरिरहेको शैक्षिक ऋणबाट धेरै विद्यार्थीहरू लाभान्वित भएका छन्, उहाँले भन्नुभयो – ‘उपभोक्ता समितिमार्फत लगत इस्टिमेटभन्दा निकै कम लागतमा सम्पदा पुनःनिर्माण कार्य भईरहेको छ ।’

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत चा“दनी कायस्थ, अध्ययन उपनिर्देशक गीताञ्जली उपाध्यायले पनि बोल्नुभएको उक्त कार्यक्रममा गृहमन्त्रालयका दीपेन्द्र पौडेले धन्यवादज्ञापन गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सम्पत्ति शुद्धिकरण कार्यालय, अध्यागमन विमाग, तथ्याड्ढ विभाग, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा परीक्षकको कार्यालय, विभिन्न नपा÷गापाका प्रमुख प्रशासकीय अधिकृत लगायतका अधिकृतहरुको सहभागिता थियो । सहभागी प्रशिक्षार्थीहरूले भक्तपुर नपाको अवलोकनबाट आफूहरू निकै प्रभावित भएको बताउँदै भक्तपुर नपाको विश्वविद्यालय सञ्चालन गर्ने योजना स¥हानीय भएको, विद्यार्थीलाई सहुलियत दरमा शैक्षिक ऋण उपयोगी हुनेलगायतका धारणाहरू व्यक्त गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.