Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिका वडा नं . १ मा दादुरा–रुबेला खोप अभियान

भक्तपुर २०७६ चैत्र ३ गते, सोमबार ।

0

भक्तपुर नगरपालिका वडा नं . १ मा दादुरा–रुबेला खोप अभियान २०७६—०७७ अन्र्तगत ९ महिना देखि ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने अभियान सोमबार वडाका जनप्रतिनिधि, कर्मचारी, स्वयम्सेविका, स्वास्थ्यकर्मीलगायतको सहयोगमा सम्पन्न भयो । खोप अभियानको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खोप सामाग्रीहरु स्वास्थ्यस्वयम्सेविकलाई हस्तान्तरण गरी गर्नुभएको थियो ।

दादुरा–रुबेला खोप अभियानको क्रममा १ नं. वडाको केन्द्रमा २ वर्ष मुनिका ६२ जना र २ वर्षमाथि ५ वर्ष मुनिका १४० जना गरी २०२ जनाले खोप लगाए । त्यस्तै सल्लाघारी केन्द्रमा २ वर्ष मुनिका ५३ जना र २ वर्ष माथि ५ वर्ष मुनिका १७९ जना गरी २३२ जना, सृजनानगर नपली केन्द्रमा २ वर्ष मुनिका ५० जना र २ वर्ष माथि ५ वर्ष मुनिका १३४ जना गरी जम्मा १८४ जनाले खोप लगाए ।

त्यसैगरी तेखापुखु केन्द्रमा २ वर्ष मुनिका ९ जना, २ वर्ष माथि ५ वर्ष मुनिका ४७ जना गरी जम्मा ५६ जना समेत गरी १ नं. वडा कार्यालय, सल्लाघारी, सृजनानगर नपली र तेखापुखु ४ केन्द्र समेतको जम्मा २ वर्ष मुनिका जम्मा १७४ जना र २ वर्ष माथि ५ वर्ष मुनिका जम्मा ५०० जना गरी जम्मा ६७४ जना बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाइएको वडाअध्यक्ष श्याम कृष्ण खत्रीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.