Explore news and happenings at Bhaktapur

ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक

भक्तपुर । २०७६ फागुन १६ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख एवम् ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा २०७६ फागुन १६ गते शनिबार भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक बस्यो ।

उक्त बैठकमा ङालापोल मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष केशव तमखुले समितिमार्फत हालसम्म गरेका कार्य प्रगतिबारे जानकारी दिनुभयो । मन्दिर जीर्णोद्धारको अनुमानित लागत रु. ६५,१३,३५८।२७ रहेको छ । ङालापोल मन्दिर जीर्णोद्धार उपभोक्ता समितिको गठन २०७६ साल कार्तिक २१ गते भएको थियो ।

बैठकले ङातापोल मन्दिर जीर्णोद्धारको सिलसिलामा स्थानीय जनता, विभिन्न संघ, संस्था र पर्यटकहरुलगायत चन्दादाताहरुबाट स्वेच्छाले चन्दा, दान दातब्य दिन चाहेमा संकलन गर्न भक्तपुर नगरपालिकाका लेखा प्रमुख रामसुन्दर सुजखु र ङातापोल मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष केशव तमखुको संयुक्त हस्ताक्षरमा नेपाल बैंक कमलविनायक शाखा कार्यालयमा खाता सञ्चालन गर्ने निर्णय ग¥यो ।
ङातापोल मन्दिर जीर्णोद्धारको क्रममा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन उपभोक्ता समितिमार्फत आवश्यक संख्यामा सीसी क्यामेरा जडान गर्ने र सुरक्षा प्रबन्धको जिम्मेवारी महानगरीय प्रहरी परिसर भक्तपुरलाई दिने निर्णय बैठकले ग¥यो ।

बैठकले ङातापोल मन्दिर जीर्णोद्धारको क्रममा स्वेच्छाले आर्थिक सहयोग, चन्दा, दान दातव्य दिन चाहने तथा श्रमदान समेत गर्न चाहने व्यक्ति, संघ–संस्था, गुठी, टीम, क्लबलाई सहयोग आह्वानको लागि सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय ग¥यो ।

ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धारको क्रममा प्रयोग भएका वा प्रयोग गरिने सामाग्रीहरु तथा सांस्कृतिक एवम् ऐतिहासिक महत्वका चिजहरुको व्यवस्थित अभिलेखीकरण राखी भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर, महानगरीय प्रहरी परिसर भक्तपुर, गुठी संस्थान भक्तपुर कार्यालय र पुरातत्व विभागको कार्यालय भक्तपुरमा एक एक प्रति सुरक्षित राख्ने निर्णय ग¥यो ।

Leave A Reply

Your email address will not be published.