Explore news and happenings at Bhaktapur

भनपा वडा नं. ३ मा दन्त शिविर

भक्तपुर, ५ माघ ।

0

भक्तपुर नपा वडा नं. ३ वडा समितिको आयोजनामा खुला निःशुल्क दन्त शिविर शनिबार सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, कला र संस्कृतिलगायतका क्षेत्रमा काम गर्दै आएको विचार राख्दै जनताको स्वास्थ्यलाई प्राथमिकता दिई शिविर टोल–टोलमा सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँले हाम्रो पूर्खाले छोडेर गएका धरोहरलाई जगेर्ना गर्नु हाम्रो दायित्व, कर्तव्य भएकोले जनताको साथ र सहयोगमा अगाडि बढिरहेको प्रष्ट्याउनुभयो ।

वडाध्यक्ष रामकृष्ण गोराको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्थानीय रामहरि गोरा र कार्यपालिका सदस्य सुनिता अवाललगायतले बोल्नुभएको थियो ।

१२० जनाले दन्त परीक्षण गराएको उक्त शिविरमा जनस्वास्थ्यका चिकित्सक, नर्स तथा स्वयम्सेविकाहरुले सहयोग गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.