Explore news and happenings at Bhaktapur

मिनर्वा कप कबड्डी प्रतियोगिता सम्पन्न

भक्तपुर, ४ माघ ।

0

‘मिनर्वा कप’ प्रथम भक्तपुर नगरस्तरीय आधारभूत तह आमन्त्रण छात्र कबड्डी प्रतियोगिता २०७६ अन्तर्गत फाइनल खेलमा मिनर्वा इ. स्कूलले बागीश्वरी उमाविलाई ६६–३७ अंकले पराजित गर्यो ।

प्रतियोगितामा पारागन एकेडेमी तथा ख्वप्रिङ एकेडेमी संयुक्त रुपमा तृतीय स्थानमा रहन सफल भयो । उक्त प्रतियोगिताका विजयी खेलाडी प्रशिक्षक तथा व्यवस्थापकलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कप, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । खेल सञ्चालन गर्न सहयोग गर्ने निर्णायकहरुलाई कदरपत्र तथा मायाको चिनो पनि वितरण गरिएको थियो ।

प्रतियोगिताका समापनमा अखिल नेपाल कबड्डी महासंघका महासचिव विनोद प्रजापतिले आधारभूत तहमा यस्तो प्रतियोगिता गर्दा विद्यार्थीको शारीरिक, मानसिक विकास हुने, मित्रताको भावना विकास गर्ने तथा व्यक्तित्व विकासमा समेत टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

विद्यालयका प्रअ राजेन्द्र दुवालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश प्रजापतिको सभापतित्वमा भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.