Explore news and happenings at Bhaktapur

भक्तपुरको सिद्धपोखरीमा आजबाट नौका बिहार (डुंगा) सञ्चालन

२०७६ पुस १६ गते । बुधवार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भक्तपुर वडा नं. १ सिद्धपोखरीमा बुधबार नौका बिहार (डुंगा सञ्चालन) को बुधबार उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले सिद्धपोखरी पुनःनिर्माण र जीर्णोद्धारको समयको स्मरण गर्नुहुँदै पोखरीलाई नयाँ जीवन दिन भक्तपुर नपाका जनप्रतिनिधि र स्थानीय जनताको उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभयो ।

भ्रमण वर्षको अवसर पारी भक्तपुर नगरपालिकाले भक्तपुरको सिद्धपोखरीमा नौका बिहार (डुंगा सञ्चालन) मा ल्याएको बताउनुहुँदै उहाँले ढुंगा सञ्चालनलाई व्यवस्थित बनाउन कार्यविधि नै बनाएर अगाडि बढ्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भन्नुभयो – ‘भक्तपुरको पोखरीहरूलाई जीवन प्रदान गर्न पोखरीहरुमा ढुंगा सञ्चालन गरी नौलो कामको सुरुवात गरेको हो ।’

भक्तपुर नपा वडा नं. १ का पूर्व वडाध्यक्ष लक्ष्मीनारायण राजलवटले सिद्धपोखरीमा धेरै वर्ष अगाडि पनि डुंगा सञ्चालन गरेको इतिहास रहेको बताउनुहुँदै पोखरीको चारै दिशामा हरियाली प्रवद्र्धन र सरसफाइ व्यवस्थापनमा नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।

औपचारिक कार्यक्रमपश्चात भक्तपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुले सिद्धपोखरीमा डुंगा शयर गरेका थिए ।

भक्तपुर नगरपालिकाले भ्रमण वर्ष २०२० को अवसरमा बुधबार बेलुकी सिद्धपोखरी र कमलपोखरीमा दीपावली गर्ने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.