Explore news and happenings at Bhaktapur

भ्रमण वर्ष २०२० को शुभारम्भमा भक्तपुरमा प्रभातफेरी कार्यक्रम

२०७६ पुस १६ गते, बुधबार ।

0

नेपाल भ्रमण वर्ष २०२० आजबाट सुरु भयो । भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार बा“सुरी बाजा र लाखे प्याखं सहित प्रभातफेरी कार्यक्रम सम्पन्न ग¥यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरको दत्तात्रय क्षेत्रबाट सुरु भएको प्रभातफेरी ईनाचो – गोल्मढी – सुकुलढोका – टौमढी – नासमना – बंशगोपाल – भार्वाचो – नःपुखु – ईताछें – खौमा हुँदै दरवार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।

भक्तपुर दरवार क्षेत्रको मुल ढोकामा भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फूलको गुच्छा, भादगाउँले कालो टोपी, भक्तपुर नगरपालिकाको प्रकाशन, विभिन्न उपहार र निःशुल्क नगर प्रवेश पास वितरण गरी स्वागत गर्नुभयो । सोही अवसरमा ३२९ बर्ष पुरानो ऐतिहासिक नगरा र लयाकुस्थित घण्टा पनि बजाइएको थियो ।

बुधबार दरबार क्षेत्रमा आयोजित प्रभातफेरी, स्वागत तथा सांस्कृतिक कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशैभरि भ्रमण वर्षको सफल सुरुवात भएको बताउनुभयो ।

देशको अर्थतन्त्र बलियो बनाउन नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने प्रतिबद्धता जनाइसकेको बताउनुहुँदै प्रमुख प्रमुख प्रजापतिले नेपालको अर्थतन्त्रको विकास गर्न पर्यटनले महत्वपूर्ण भूमिका खेल्नेछ भन्नुभयो ।

भक्तपुर नगरपालिकाले भक्तपुरको मल्लकालीन सम्पदाहरू पुनःनिर्माण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियान चलाइरहेको बताउनुहुँदै उहाँले भक्तपुरलाई सुरक्षित र पर्यटकीय उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्यस्वरुप अगाडि बढिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भ्रमण वर्षलाई राष्ट्रिय पर्वको रुपमा मनाउने अभियानस्वरुप भक्तपुर नगरपालिकाले आगामी दिनहरूमा गर्ने गतिविधिहरूबारे जानकारी गराउनुभयो ।

पहिलो नगर प्रवेश गर्ने जर्मनी नागरिक भेरेना वास्टिकले भक्तपुर नपाले गरेको न्यानो स्वागतप्रति अभार प्रकट गर्नुभयो ।

प्रभातफेरि कार्यक्रममा वडाध्यक्ष एवं वातावरण तथा पर्यटन समितिका संयोजक श्री रबिन्द्र ज्याख्वले शुभकामना मन्तव्य दिनुभएको थियो भने पर्यटक सेवा तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.