Explore news and happenings at Bhaktapur

अर्पण बचत तथा ऋण सहकारी संस्थाको दसौँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, २८ मंसिर ।

0

अर्पण बचत तथा ऋण सहकारी संस्थाको दसौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।

सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी सिद्धान्तअनुसार सहकारी चल्नुपर्ने आवश्यकता औँल्याउँदै फाइदाको निम्ति सहकारीले सिद्धान्तविपरीत कार्य गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिकाको सहकारी ऐनअन्तर्गत नगरपालिकामा संस्था दर्ता गरेरमात्र सहकारी संस्थाहरू सञ्चाल गर्नुपर्छ ।”

अतिथि प्रजापतिले सदस्यहरूको शिक्षा र स्वास्थ्यलाई सहकारीले ध्यान दिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “उच्च शिक्षा अध्ययन गर्नेहरूको लागि सहकारी संस्थाले कम ब्याज दरमा विनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गर्नु आवश्यक छ ।”
युवाहरूमा विदेश जाने प्रलोभनमा नक्कली बिहेको प्रचलन बढेकोतर्फ सचेत गराउँदै प्रमुख प्रजापतिले त्यस्तो प्रवृत्तिले दुःख पाउनुका साथै समाजमा नराम्रो असर पार्ने बताउनुभयो ।

भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले युवाहरू जाँड–रक्सी र लागूपदार्थ सेवन गर्नेजस्ता खराव बानीबाट टाढा रहनुपर्छ भन्नुभयो ।
संस्थाका अध्यक्ष बाबुरत्न द्योलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी सङ्घका जगनाथ प्रजापतिले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.