Explore news and happenings at Bhaktapur

भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापारिक मेला सम्पन्न

२०७६ मंसिर २३ गते सोमबार

0

ममता केन्द्र नेपालको आयोजनामा भक्तपुर नपा वडा नं. ७ माहेश्वरी खेलमैदानमा मंसिर १३ देखि २३ गतेसम्म भएको भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापारिक मेला २०७६ कार्यक्रम सोमबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको सीमानामा भइरहेको भारतीय अतिक्रमण र थिचोमिचोको प्रमुख जिम्मेवार शासक दलहरु भएको बताउनुभयो । उहाँले देशको सार्वभौमिकतामाथि आक्रमण भएमा कलाकारहरु एकजुट भई आवाज बुलन्द पार्नुपर्ने आह्वान गर्नुभयो ।

साथै भक्तपुर नगरपालिकाले पर्यटन वर्ष २०२० को अवसरमा चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुर महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुहुँदै प्रमुख प्रजापतिले आफ्नो भाषा र संस्कृतिलाई जोगाउनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कलाकारहरुले युवा पुस्तालाई मनोरञ्जन मात्र दिने नभई देशको सिमाना अतिक्रमणबारे पनि बारम्बार कुरा उठाउनुपर्ने बताउनुभयो । उहाँले देशका विभिन्न भागमा छरिएर रहेका जातजातिहरु एकजुट भएर बस्नुपर्ने चर्चा गर्नुभयो ।

उक्त मेला गत मंसिर १३ गतेदेखि सुरु भएको थियो भने मेलामा सहभागी र सहयोगी संघ–संस्था, स्वयमुसेवकहरुलाई प्रमुख प्रजापतिले प्रशंसा पत्र पनि प्रदान गर्नुभयो ।

      

Leave A Reply

Your email address will not be published.