Explore news and happenings at Bhaktapur

हेपाटाइटिस बी रोगको निःशुल्क परीक्षण शिविर सन्चालन

२०७६ मंसिर २२, आइतबार

0

भक्तपुर, २२ मंसिर । भक्तपुर नगरपालिकाको आयोजनामा हेपाटाइटिस बी रोगको निःशुल्क परीक्षण शिविर कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा कुनै बेला हेपाटाइटिसको महामारी भएको चर्चा गर्दै त्यस बखत जनताको स्वास्थ्यको लागि विदेशबाट समेत औषधि ल्याइएको स्मरण गर्नुभयो । उहाँले कर्मचारी, जनप्रतिनिधि तथा नगरवासीले पनि समय–समयमा आफ्नो स्वास्थ्य जाँच गर्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले नियमितरूपमा स्वास्थ्य शिविर सञ्चालनमा सहभागी हुँदा नगरवासी स्वस्थ हुनुका साथै उत्पादकत्व वृद्धि हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा.रत्नसुन्दर लासिवाले सरसफाइको क्षेत्रमा काम गर्ने कर्मचारी तथा बिरामीको स्याहार सुसार गर्दा सावधानी अपनाएर काम गर्नुपर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा प्राविधिक सहयोग गर्नुुहुने एपेक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक कमला थापाले हेपाटाइटिस बी र सी को कार्यक्रम सरकारको नजरमा प्राथमिकतामा नपरेको रोग भएको बताउँदै यो रोग एक व्यक्तिमा लाग्दा परिवारका सबै व्यक्तिमा सरेको दृष्टान्त व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले हेपाटाइटिस बीको अवस्थाबारे बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.