Explore news and happenings at Bhaktapur

भक्तपुर क्यान्सर अस्पतालमा Cancer survivor meet कार्यक्रम सम्पन्न

भक्तपुर । कार्तिक २९ गते, शुक्रबार

0

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचारबाट सफलता प्राप्त भएका र हाल उपचार भइरहेका बिरामीहरुको लागि स्थापना गरिएको क्यान्सर सर्भाइभर क्लबको आयोजना शुक्रबार क्यान्सर बिरामीहरु र सोसँग सम्बन्धित चिकित्सक, नर्सिङ, पारामेडिकल्सबीच क्यान्सर सर्भाइभर मिट Cancer survivor meet कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको प्रमुख अतिथि भक्तपुर नपाका प्रमुख एवम् भक्तपुर क्यानसर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि रोगलाई पैसाले जित्न नसक्ने हुँदा बिरामी स्वयम् सचेत भइ स्वस्थ खानपान, नियमित व्यायाम, सक्रिय जीवनशैलीहरुमा ध्यान पु¥याउँदा सम्भावित रोगहरुबाट बच्न सक्ने बताउनुभयो ।

विज्ञान प्रविधिको विकाससँग निकै खतरनाक मानिने रोगहरुको पनि उपचार अहिले सम्भव भइरहेको छ, उहाँले भन्नुभयो – ‘डाक्टर नै भगवान हुन् र सबै कुरालाई भौतिकवादी दृष्टिकोणबाट ब्याख्या गरिनु आवश्यक छ ।’

भक्तपुर नगरपालिकाले कडा रोग लागेका बिरामीहरुको लागि रु. १०, ००० आर्थिक सहयोग गर्दै आइरहेको र घरदैलो नर्सिङ सञ्चालन गरी नगरको स्वास्थ्य स्थितिबारे तथ्याड्ढ संकलन गरिरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषिकेशनारायण श्रेष्ठले भक्तपुर क्यानसर अस्पतालमा क्यानसर रोगीहरुको लागि सबै किसिमको उपचारहरु उपलब्ध भएको जानकारी गराउनुभयो । भक्तपुर क्यानसर अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये क्यानसर रोग निदान भएका बिरामीलाई अस्पतालले दुई वर्षपछि उपचारमा २० प्रतिशत छुट हुने गरी उपचार सेवा उपलब्ध गर्ने व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा क्यान्सर सर्भाइभर क्लबका संयोजक डा. रोशन प्रजापतिले क्यानसर सर्भाइभर क्लब गठनको उद्देश्यबारे प्रस्ट पार्नुहुँदै बि.सं. २०५१ सालमा स्थापना भएको भक्तपुर क्यानसर अस्पतालले निरन्तर रुपमा क्यानसर बिरामीहरुको सेवा दिंदै आएको बताउनुभयो ।

कार्यक्रममा क्यानसर सर्भाइभर अमृतकुमार गुरुङले आफूलाई ठूलो आन्द्राको क्यानसर रोग भएको र निरन्तर उपचारपश्चात आफू स्वस्थ भइसकेको बताउनुहुँदै बिरामीहरुले आफूमा भएको रोग लुकाउँदा अनाहकमा दुःख भोग्नुपरेको स्मरण गर्नुभयो । उक्त कार्यक्रममा सांस्कृतिक प्रदर्शनीहरु पनि देखाइएको थियो ।

कार्यक्रममा क्यान्सर रोग उपचारबाट सफलता प्राप्त भएका र हाल उपचाररत बिरामी र अस्पतालका डाक्टरहरुबीच अस्पतालको सेवाबारे अन्तरक्रिया पनि भयो ।

  

 

 

 

Leave A Reply

Your email address will not be published.