Explore news and happenings at Bhaktapur

भक्तपुर नपा वडा नं. २ स्थित झ्य भएको फल्चा (पाटी) उद्घाटन

२०७६ भदौ २३ गते, सोमबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सोमबार बिहान भक्तपुर नगरपालिका वडा नं. २ ठूलो ब्यासीस्थित झ्य भएको फल्चा (पाटी) र ध्वाका बाहिरको फल्चा (पाटी) उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरु सुरक्षित रहेको र भक्तपुर सम्पदा सम्पदा संरक्षित क्षेत्र भएको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीको नीति बमोजिम भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ र विकास निर्माणका कार्यहरुलाई प्राथमिकतामा राख्दै आएको बताउनुहुँदै पोखरा र पाटीको महŒवबारे प्रस्ट पार्नुभयो ।

भक्तपुर नपाले व्यवस्थित योजनाका साथ सम्पदा पुनःनिर्माणमा जोड दिइरहेको बताउनुहुँदै देशभरिको सम्पदा पुनःनिर्माणमा भक्तपुरबासीहरुको योगदान रहेको र भक्तपुर वडा नं. १ स्थित रानी पोखरी पुनःनिर्माण कार्य अगाडि बढिरहेको बताउनुभयो । नजिकिँदै गरेको नेमकिपाको सातौं महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न आफ्नो क्षमताअनुसारको भौतिक र आर्थिक सहयोग गर्न आह्वान गर्नुभयो ।

भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले नगरको विकास निर्माण नगरबासीहरुको राय–सुझाव संकलन गरी प्राथमिकताका आधारमा गरिने बताउनुहुँदै नगरबासीहरुलाई स्वस्थ बनाउने उद्देश्यले शारीरिक ब्यायाम सामाग्री एक सेट थप जडान गर्न लागको बताउनुभयो ।

झ्य दगु फल्चा (पाटी) उपभोक्ता समितिका अध्यक्ष विक्रम सुलुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ध्वाका बाहिरको पाटी उपभोक्ता समितिका अध्यक्ष नरेश बासुकलाले समाजको गतिविधिलाई अगाडि बढाउन स्थानीय जनताको सहयोग र जनसहभागिता अति महत्वपूर्ण भएको बताउनुभयो ।

नेमकिपा २ वडा इकाइ समितिका संयोजक गणेशप्रसाद सुवालले सम्पदा पुनःनिर्माण ठेक्कापट्टामा दिंदा त्यसको मौलिकता हराउने सम्भावना भएको बताउनुहुँदै नेमकिपाको ७ औं महाधिवेशन भक्तपुर नगरपालिकाको बजेटमार्फत् संरक्षण भएको १०८ रोपनी जग्गामा हुने र जनसहभागिताको लागि अपिल गर्नुभयो । पाटी उद्घाटन कार्यक्रममा स्थानीय राजकुमार लघुले पनि बोल्नुभएको थियो ।

नगरपालिकाको १६ लाख ५० हजार रुपैयाँ लागत इष्टिमेट तयार गरी नगरस्तरीय योजनाअन्तर्गत पुनःनिर्माण गरिएको ध्वाका बाहिरको पाटीको खुद खर्च भने १४ लाख ३७ हजार ३ सय ५७ रहेको थियो । साथै झ्य भएको पाटीको लगत इस्टिमेट २९ लाख ९२ हजार ७ सय ५६ थियो र कूल खर्च १४ लाख ९० हजार ६ सय ५६ रहेको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.