Explore news and happenings at Bhaktapur

भक्तपुर क्यान्सर अस्पतालको छानबिन समिति गठन

भक्तपुर । २०७६ भदौ १ गते, आइतबार

0

भक्तपुर नगरपालिका वडा नं.१ मा सञ्चालित भक्तपुर क्यान्सर अस्पताललाई व्यवस्थित एवं जनउत्तरदायी रुपमा सञ्चालन गर्न एवं कम शुल्कमा बिरामीहरूको गुणस्तरीय उपचार सेवा गर्न टेवा पू¥याउने उद्देश्यले नवगठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति बैठक आइतबार बस्यो ।

भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएको र जनस्तरबाट समेत आवाज उठिरहेको अवस्थामा एक महिनाभित्र सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको संयोजकत्जमा सदस्यहरूमा लेखा परीक्षक कृष्णगोविन्द लाखा र अधिवक्ता अनिता जधारी रहने गरी एक छानबिन समिति गठन गर्ने निर्णय ग¥यो ।

बैठकले भक्तपुर क्यान्सर अस्पतालको सरसफाई कार्यका लागि यसअघि भरोसा सर्भिस् प्रा.लि. महाराजगंज, काठमाडौंसँग ठेक्का सम्झौता गरी सफाई कर्मचारीहरूमार्पmत कार्य भइरहकोमा अस्पताल प्रशासनबाट प्रति कर्मचारी मासिक पारिश्रमिक प्रदान गरे अनुसार कम्पनीबाट कर्मचारीहरूले नपाएको र श्रम शोषण भएको गुनासो आएको हु“दा आजकै मितिबाट भरोसा सर्भिस प्रा.लि.सँग यस अस्पतालले गरेको सम्झौता भंग गर्ने निर्णय गर्यो । साथै उक्त कम्पनीमार्फत यस अस्पतालको नियमित सरसफाइमा इमानदारीपूर्वक कार्य गरिरहेका सुपरभाइजर १ जना र सफाई कर्मचारीहरू ३७ जना कर्मचारीहरूलाई अस्पतालको शुरु तहको कर्मचारीको रुपमा नियुक्ति गर्ने र उहाँहरूलाई अस्पतालको नियमानुसार मासिक तलब र सुविधा प्रदान गर्ने निर्णय गरियो ।

बैठकले अस्पतालमा कार्यरत कर्मचारीहरूको अन्तिम पदोन्नती भएको मितिदेखि मिति २०७५ चैत्र मसान्तसम्म ५ वर्ष स्थायी नोकरी अवधि पुगेका कर्मचारीहरू तथा मौजुदा कर्मचारी प्रशासन नियमावली अनुसार तह बृद्धि गर्ने, २ वर्ष कार्यकाल पुरा गर्नुभएका चिकित्सिक (रजिष्ट्रार भन्दा माथि) २ जना र ५ वर्ष कार्यकाल पुरा गर्नु भएका ९ जना कर्मचारीहरूलाई नियमावली अनुसार स्थायी नियुक्ति गर्ने निर्णय ग¥यो ।

अस्पतालमा कार्यरत कर्मचारीहरूले २०७५ चैत्र मसान्त अघिसम्म पाउँदै आएको घरविदा, पर्व बिदा, बिरामी बिदा लगायतका बिदा सुविधा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि आजैका मितिदेखि लागु हुनेगरी यथावत कायम गर्ने निर्णय बैठकबाट भयो ।

Leave A Reply

Your email address will not be published.