Explore news and happenings at Bhaktapur

ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा शिक्षक–कर्मचारी भेला

भक्तपुर, २०७६ साउन १९ गते, आइतबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले मानिस सामाजिक प्राणी भएका कारण सामाजिक कर्तव्य पूरा गर्नु नागरिकको दायित्व हो भन्नुभयो ।

ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा भएको शिक्षक–कर्मचारी भेलामा शिक्षक–कर्मचारीहरुले आफ्नो पदीय जिम्मेवारीका अलावा समाजको परिवर्तित स्थितिलाई समेत बुझेर काम गरेको खण्डमा समस्याहरु कम हुने बताउनुभयो । प्रजग कोरियामा १ सय ११ जनाका लागि १ जना डाक्टर उपलब्ध भएको प्रसंग स्मरण गर्नुहु“दै कम शुल्कमा मेडिकल शिक्षा प्रदान गर्ने ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिनुमा सत्तासीन दलको स्वार्थ र पक्षपातपूर्ण व्यवहार रहेको बताउनुभयो ।

ख्वप नामक शैक्षिक संस्थाहरुको स्थापनाका लागि विगतमा गर्नुपरेको संघर्षको बारेमा बोल्नुहु“दै शिक्षक–कर्मचारीहरुले आफ्नो तर्फबाट सक्दो योगदान गर्नुपर्ने बताउनुभयो । शिक्षक–कर्मचारीहरुलाई इमानदार हुनुका साथै संघर्षशील भावनाबाट पनि अगाडि बढ्न प्रेरित गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख एवम् संस्थान सञ्चालक समिति अध्यक्ष सुनिल प्रजापतिले शिक्षक–कर्मचारीहरु अरुको तुलनामा अब्बल हुनुपर्ने साथै सांगठनिक नैतिकतालाई भुल्न नहुने बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा भएको अनियमितताको प्रसंग उल्लेख गर्नुहुँदै श्रमदानको भावनालाई जीवितै राख्नुपर्ने बताउनुभयो ।

सम्पूर्ण पूर्वाधार भएको ख्वप विश्वविद्यालय सञ्चालनका लागि आनाकानी गरेजस्तै विभिन्न बहानामा हाल पनि ख्वप नामक संस्थाहरुलाई समय–समयमा दुःख दिइरहेकोले यसविरुद्ध लड्न पनि सम्पूर्ण शिक्षक–कर्मचारीहरुलाई प्रेरित गर्नुभयो ।

संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको सो भेलामा शिक्षक–कर्मचारीहरुले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.