Explore news and happenings at Bhaktapur

गाईजात्रामा तारहरु व्यवस्थित गरिने

भक्तपुर २०७६ श्रावण, १६ गते, विहीबार ।

0

२०७६ सालको गाईजात्रा पर्व (सापारु) व्यवस्थित र भव्यताकासाथ सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, केबुल र इन्टरनेटका तारहरु व्यवस्थित गर्न भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालाहरुको विहीबार भनपामा बैठक बस्यो ।
बैठकले नगरका विभिन्न क्षेत्र र गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका अव्यवस्थित तारहरुलाई सम्बन्धित सेवा प्रदायकहरुले आफै व्यवस्थापन गर्ने, गाईजात्रा पर्वको समयावधिमा जात्रा संचालन हुने नगरको पुरानो क्षेत्रहरुमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने र सो कार्यको लागि सरोकारवालाहरुको सहभागितामा २०७६ श्रावण २१ गते गाईजात्रा प्रदक्षिाणा मार्ग र जात्रा संचालन हुने क्षेत्रहरुमा निरीक्षण गर्ने र विद्युत, टेलिफोन, केबल नेटवर्क र इन्टरनेट सेवा सम्बन्धी तारहरु व्यवस्थित गर्न भ.न.पा. वडा नं. ९ का वडाअध्यक्ष श्री रविन्द्र ज्याख्वको संयोजकत्वमा सरोकारवालाहरु सम्मिलित दश जनाको कार्यदल गठन गरी व्यवस्थापनको जिम्मा दिने निर्णय गरियो ।

Leave A Reply

Your email address will not be published.