Explore news and happenings at Bhaktapur

ख्वप कलेजमा शिक्षक तथा कर्मचारी भेला

२०७६ साउन ११ गते, शनिबार

0

 

भक्तपुर, ११ असार । ख्वप मावि तथा शारदा क्याम्पस माविमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।

भेलामा अध्यक्ष बिजुक्छेँले शिक्षकहरूले विद्यार्थीहरूको पारिवारिक र व्यक्तिगत तहसम्म जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउँदै पढाउने पाठको तयारी गरेरमात्र कक्षा लिन शिक्षकहरूलाई सुझाव दिनुभयो ।

‘जीवनमा राम्रो गरौ“ला, देशको इज्जत राखौ“ला भन्ने भावना लिई काम गर्नुपर्छ । परीक्षाकेन्द्रित दृष्टिकोणले मात्र पढाउने नभई तुलनात्मक अध्ययन र अन्तरक्रियामा जोड दिई शिक्षकहरूले अध्यापन गर्नुपर्छ ।’ अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।

कमजोर विद्यार्थीको लागि विशेष कक्षा सञ्चालन गर्न सुझाव दिँदै उहाँले परीक्षालाई मर्यादित बनाउनुपर्ने र अध्ययन÷मेहनत गरेरमात्र उत्तीर्ण हुने भावना जगाउने वातावरण तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष बिजुक्छेंँले भन्नुभयो, ‘विद्यार्थीहरूको मनमा कहिल्यै विकृतिको भावना नआउने गरी शिक्षकहरूले पढाउन सक्नुपर्छ । बोली, वचन र व्यवहार प्रतिष्ठाको विषयको भएकोले शिक्षक तथा कर्मचारीहरूले बोली–व्यवहार शिष्ट हुनुपर्छ ।’

राजनीतिबारे सबैले जानकारी राख्नुपर्छ, राजधानीमा बस्नेले अझ बढी राजनीति बुझ्नुपर्छ । विभिन्न राजनीतिक दर्शन र सिद्धान्तका राम्रा र नराम्रा पक्षबारे विद्यार्थीहरूलाई जानकारी गराउनु आवश्यक छ, उहाँले भन्नुभयो ।

ठूला भनिने पार्टीहरूले अपराधीहरूलाई जोगाउने काम गरिरहेको हुँदा देश अहिलेको स्थितिमा पुगेको अध्यक्ष बिजुक्छेंले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्रअनुसार भनपाले विद्यालय-कलेजहरू सञ्चालन गरिरहेको बताउनुभयो ।

“प्राध्यापन पेशा प्रतिष्ठित पेशा भएकोले शिक्षकहरूको व्यवहार पनि सोहीअनुसार हुनुपर्छ”, उहाँले भन्नुभयो ।

“विकृति र विस·तिबाट विद्यालयलाई टाढा राख्नुपर्ने र देशभरिकै विद्यार्थीको विश्वास जित्न विद्यालयले मेहनत अझ मेहनत गर्नु आवश्यक छ । गुणस्तर वृद्धि र अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी तयार गर्न विद्यालयले ध्यान दिनुपर्छ ।” प्रमुख प्रजापतिले जोड दिनुभयो ।

“देशको आवश्यकताअनुसार विविध विषयमा अध्ययन गर्न शिक्षकहरूले विद्यार्थीहरूलाई उत्प्रेरणा दिइरहनुपर्छ, उहाँले सुझाव दिनुभयो ।

ख्वप कलेजका प्राचार्य रूपक जोशीले शिक्षकहरूमा राम्रो सञ्चार र गुनासो सुन्ने क्षमता हुनु आवश्यक छ भन्नुभयो ।

ख्वप माविका प्राचार्य प्रकाश कुमार श्रेष्ठले शिक्षाको महत्वलाईध्यान दिई नगरपालिकाले ख्वप माविलगायतका शैक्षिक संस्था सञ्चालन गरिरहेको हुँदा नगरपालिकाले लिएको उद्देश्य पूरा गर्नमा शिक्षक तथा कर्मचारीबाट सहयोग हुने आशा व्यक्त गर्नुभयो ।

ख्वप माविको सफलता भनेको सामूहिक भावना र सञ्चालक समितिको निर्देशन नै हो, उहा“ले भन्नुभयो ।

कार्यक्रमा ख्वप माविका उपप्राचार्यद्वय लक्ष्मीप्रसाद कर्माचार्य र विष्णुप्रसाद किसी र शिक्षक गोकर्ण दुलालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.