Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको भेला

भक्तपुर, २०७६ असार १६ गते, सोमबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भक्तपुर नगरभित्रका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको भेला र छलफल कार्यक्रम सम्पन्न ग¥यो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर महोत्सवको आयोजना गर्ने योजना रहेको बताउनुभयो । उहाँले भक्तपुर घुम्न आउने पर्यटकहरूको सुविधाको लागि पर्यटकीय क्षेत्रहरूमा स्तरीय शौचालय, हारियाली प्रबद्र्धनलगायतका कार्यहरू गर्दै लाने बताउनुभयो ।

प्रमुख प्रजापतिले पर्यटकहरूको बसाई लम्ब्याउनका लागि साँझको समयमा ठाउँ–ठाउँमा सांस्कृतिक गतिविधिहरू सञ्चालनको व्यवस्था मिलाउने र सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना गरी सम्पदा क्षेत्र र पर्यटकीय स्थलहरूमा सन्ध्याकालीन बत्तीको बन्दोबस्त गरी थप आकर्षण बढाउने बताउनुभयो ।

भक्तपुरको जीवनशैली, रहनसहन र सँस्कृति झल्किने सांस्कृतिक संग्रहालयको व्यवस्था गरिने बताउनुहुँदै उहाँल गुणस्तरीय पर्यटकीय होटल सञ्चालन गरी स्तरी पर्यटक भित्र्याउनु आजको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पर्यटन व्यवसायमा सांस्कृतिक संरक्षणको महŒवबारे प्रस्ट पार्नुहुँदै भक्तपुर नगरपालिकाले स्थानीय युवाहरूलाई चिनियाँ, जापानी, अंग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरूको तालिम सञ्चालन गरिरहेको छ भन्नुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले यस आर्थिक वर्षमा आफ्नो नीति तथा कार्यक्रममा भक्तपुर महोत्सव गर्ने तयारी रहेको जानकारी गराउनुहुँदै महोत्सवलाई प्रभावकारी रुपमा सञ्चालन गर्न होटल–व्यवसायीहरूसँगको छलफललाई निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले र पर्यटन सेवा केन्द्र प्रमुख गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा नगरभित्रका होटल र रेष्टुरेन्ट भेलामा उपस्थित व्यवसायीमध्ये प्रकाशमोहन धौभडेल, डा. माधवसुन्दर मल्ल, कृष्णसुन्दर खाइतु, सत्यराम सुवाल, कैलाश धौबञ्जारर साजन लघुले भक्तपुरमा हरियाली व्यवस्थापन गर्न, मयुर नाच र परम्परगात नाचहरूलाई जीवन्त बनाइराख्न, युवाहरूलाई सीपमूलक तालिम सञ्चालन गर्न, भक्तपुरको गाइजात्रा र अष्टमातृका रुटको प्रवद्र्धन गर्नुपर्ने, आन्तरिक पर्यटक भित्र्याउन जोड दिन र फोहर संकलनलाई व्यवस्थित बनाउनुपर्नेलगायतका रचनात्मक राय–सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.