Explore news and happenings at Bhaktapur

मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ

भक्तपुर, २०७६ असार १५ गते, आइतबार

0

भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. ३ मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ गर्यो ।

नगरपालिकाको पाक्षिक सरसफाइअन्तर्गत भएको उक्त सरसफाइ कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देशैभरि खेला सफाइ चुनौतीको विषय भएको बताउनुहुँदै दीर्घकालीन सफाइको निम्ति जनतालाई सचेत बनाउन आवश्यक भएको बताउनुभयो ।

उहाँले भक्तपुर नगरपालिकाले हनुमन्त्ते खोला सुधारका कार्यहरुलाई अगाडि बढाइरहेको प्रसंग कोट्याउनुहुँदै खुला जग्गा संरक्षण र सम्भावित बाढीबाट जोगिन उपायहरुमा ध्यानमा दिएर काम गरिरहेको बताउनुभयो ।

वातावरण तथा पर्यटन समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले सार्वजनिक ठाउँहरु सफा गर्नु नागरिक दायित्व भएको बताउनुहुँदै भक्तपुरका जनप्रतिनधि, कर्मचारी तथा स्थानीय जनताले स्वयम्सेवी हिसाबले सरसफाइलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले स्थानीय जनतालाई सरसफाइबारे चेतना दिन र सचेत बनाउन नियमित सरसफाइ गरिरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल र कार्यपालिका सदस्य सुनिता अवालले पनि बोल्नुभएको थियो ।

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.