Explore news and happenings at Bhaktapur

नगर प्रमुख सुनिल प्रजापतिद्वारा लिवाली कभर्ड हलको शिलान्यास

भक्तपुर, २०७६ असार ५ गते बिहीबार

1

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर नपा वडा नं. ८ लिवाली कभर्ड हलको शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले युवा पुस्तालाई खेलकुद क्षेत्रमा अभिप्रेरित गर्न सके समाजमा विकृति–विसंगति हट्ने विचार राख्नुहुँदै भक्तपुर नगरपालिकाले शारीरिक ब्यायामका सामग्रीहरु सबै वडामा जडान गरिसकेको र विद्यालय तथा कलेज क्षेत्रमा राख्दै जाने बताउनुभयो । शिक्षित र स्वस्थ व्यक्तिले समाजलाई बढी योगदान गर्न सक्ने बताउनुहुँदै उहाँले नगरपालिकाका काम व्यवस्थित रुपमा सञ्चालन हुनुमा स्थानीय जनताको साथ र सहयोग भइरहेको जानकारी गराउनुभयो ।

खेलकुद क्षेत्रमा भौतिक पूर्वाधार अभावका कारण राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न समस्या भइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले तालिम प्राप्त खेलाडीहरुले भक्तपुरलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्नेछ – उहाँले भन्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले घर–घरमा नर्सिङ सेवा, सरसफाई र खेलकुदका क्षेत्रमा गरेको कामबाट समाजमा रोग न्युनीकरण हुने बताउनुहुँदै भक्तपुरमा विभिन्न खेलको पूर्वाधार निर्माणले युवा पुस्ता फूर्तिलो र स्वस्थ हुने बताउनुभयो ।

भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले स्थानीय जनताको साथ–सहयोगमा विकासका कार्यहरु भइरहेको बताउनुहुँदै नगरपालिकाको गतिविधिबारे स्थानीय जनता जानकार हुनुपर्ने बताउनुभयो ।

भनपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले खेल क्षेत्रमा प्रगति एवं विस्तार गरिरहेको बताउनुभयो ।

लिवाली कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर बासीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुनिल बोहजूले पनि बोल्नुभएको थियो । कार्यक्रममा वडा नं. ९ वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा नं. ४ वडाध्यक्ष कुमार चवाल, नेमकिपा वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद कोजू र स्थानीय जनताको उपस्थिति थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

1 Comment
  1. विवेक प्रजापति says

    सुझावः याे समाचार पनि खेलकुद शिर्षकमा अन्तर्गत राख्नुपर्ने थियाे ।

Cancel Reply

Your email address will not be published.