Explore news and happenings at Bhaktapur

भनपा–३ मा बाल्टिन वितरण

भक्तपुर, २०७६ जेठ २७ गते सोमबार ।

0

भक्तपुर नगरपालिका ३ नं. वडा समितिको आयोजनामा आज बंशगोपालमा कुहिने र नकुहिने फोहर संकलन गर्न वडावासीहरुलाई बाल्टिन वितरण गरियो ।

भनपा वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोराले उक्त कार्यक्रममा वडाबासीहरुमध्ये १ महिला र १ पुरुषलाई बाल्टिन हस्तान्तरण गर्दै शुरु भएको जानकारी दिनुभयो । भक्तपुर नगरपालिका सम्पदा संरक्षण, सरसफाई, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा जनताको भावना अनुसार जनताकै सहयोगमा काम गरिरहेको बताउनुहँुदै उहाँले नगरलाई सरसफाई क्षेत्रमा अझ अगाडि बढाउन नगरका विकास निर्माणलाई चुस्त दुरुस्त रुपमा जनताले नै उपभोक्ता समितिमा बसेर योगदान गरिरहेकोमा प्रशंसा गर्नुहुँदै टोल र नगरलाई सफा राख्न कुहिने र नकुहिने फोहर छुट्याएर सहयोग गर्नु सबै वडाबासीको कर्तव्य हो भन्नुभयो ।

कार्यक्रममा महिला वडा सदस्य सुनिता अवाल, कृष्णगोपाल चौगुठी, राजकुमार शिल्पकार र समाजसेवी रामसुन्दर खाताखो लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । समितिले प्रति परिवार १ सेट (२ वटा बाल्टीन)को सहुलियत दर रु ३००।– मा वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.