Explore news and happenings at Bhaktapur

घाइते विदेशी पर्यटकको उद्धार

२०७६ वैशाख ३१ गते, मंगलबार

0

भक्तपुर घुम्न आएका हल्याण्डका ४८ वर्षका पर्यटक जुरेक ड्रेबेस मंगलबार उच्च रक्तचापका कारण भक्तपुरको भोलाछेँ टोलमा अचानक अचेत भई लडेर घाइते भएका थिए । रक्तचापको कारण लडेर घाइते भएका जुरेकको टाउकोमा ठूलो चोट लागेको थियो । घाइते पर्यटकलाई स्थानीय डा. बालकृष्ण चाँगुभारीले टाउकोमा सामान्य उपचार गरी भक्तपुर नगरपालिकाको एम्बुलेन्सबाट मध्यपुर अस्पताल पु¥याएका थिए । घाइतेको उदार कार्यमा भक्तपुर नगरपालिकाका पर्यटक सेवा केन्द्रका कर्मचारीहरु र स्थानीय नगरबासीहरुले सहयोग गरेका थिए । उक्त घाइते पर्यटकका साथीहरुले उद्धारका सहयोगीहरुलाई धन्यवाद दिंदै नेपालीहरु स्नेही भएको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.